बुधबार, वैशाख ३१ गते २०८२    
बुधबार, वैशाख ३१ २०८२
images
images

निजी स्वास्थ्य संस्थामा उपचार गराउँदा २० प्रतिशत रकम बीमित आफैले तिर्नुपर्ने

images
आइतबार, वैशाख २ २०८१
images
निजी स्वास्थ्य संस्थामा उपचार गराउँदा २० प्रतिशत रकम बीमित आफैले तिर्नुपर्ने

स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौलाका अनुसार सहभुक्तानी १५ शय्यासम्मका आधारभूत अस्पतालमा लागु हुँदैन।

images
images

काठमाडौं- स्वास्थ्य बीमा बोर्डको स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत आजदेखि निजी तथा सामुदायिक अस्पतालमा उपचार गर्ने बीमितले २० प्रतिशत रकम आफैले तिर्नुपर्ने भएको छ।

images
images
images

बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौलाले आजदेखि निजी तथा सामुदायिक अस्पतालमा उपचार गर्ने बीमितले उपचार खर्चको २० प्रतिशत रकम आफैले तिर्नुपर्ने (सहभुक्तानी) लागु गरिएको बताए।

images
images

'अनावश्यक स्वास्थ्य परीक्षणलाई निरुत्साहित गर्न हामीले आजदेखि उपचार खर्चको २० प्रतिशत तिर्नुपर्ने नियम लागु गरेका छौँ', उनले भने, 'जसले गर्दा बीमितले अनावश्यक स्वास्थ्यपरीक्षण नगराउने र बिरामी भएका बीमित मात्र स्वास्थ्य बीमाबाट लाभान्वित हुनेछन्।'

images
images

स्वास्थ्य बीमा कार्यक्रम सहभुक्तानी लागु गर्ने कार्यविधि २०८० संशोधन गरी बोर्डमा आबद्ध बीमितले निजी तथा सामुदायिक अस्पतालमा उपचार गर्ने बिरामीले २० प्रतिशत रकम उपचार खर्चबापत तिर्नुेपर्ने व्यवस्था लागु गरेको हो। 

बोर्डले यसअघि माघ १ गतेबाट सरकारी अस्पतालमा उपचार गरेबापत १० प्रतिशत रकम तिर्नुपर्ने नियम लागु गरेको थियो। उनले सरकारी अस्पतालको सक्षमता विकास गर्न र बिरामीलाई सरकारी अस्पतालप्रति आकर्षित गराउन सहभुक्तानीको व्यवस्था लागु गरिएको बताए।

कार्यकारी निर्देशक डा बसौलाका अनुसार सहभुक्तानी १५ शय्यासम्मका आधारभूत अस्पतालमा लागु हुँदैन। संघीय तथा प्रादेशिक अस्पताल, विशेषज्ञ सेवा उपलब्ध भएका आधारभूत अस्पताल, निजी, सहकारी, सामुदायिक अस्पताल, मेडिकल कलेजमा सहभुक्तानी प्रणााली लागु हुने कार्यविधिमा उल्लेख छ।

बीमा कार्यक्रममा कुल बीमित सङ्ख्या ७७ लाख ४१ हजार चार सय ८३ जना र कुल बीमितमध्ये सेवा लिनेको सङ्ख्या ३६ लाख ५२ हजार चार सय ३२ जना छन्। नवीकरण गर्ने बीमित ४८ लाख आठ हजार सात सय ६० रहेको छ। रासस


प्रकाशित : आइतबार, वैशाख २ २०८११७:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend