शनिबार, चैत २३ गते २०८१     ९ : ०७ : ४८
शनिबार, चैत २३ २०८१
images
images

नेपालमा प्रविधिको क्षेत्रमा चिनियाँ प्रभाव, मत्थर पार्न अमेरिकी सक्रियता

images
सोमबार, वैशाख ३ २०८१
images
images
नेपालमा प्रविधिको क्षेत्रमा चिनियाँ प्रभाव, मत्थर पार्न अमेरिकी सक्रियता

नीतिगत दबाब र प्रभावबाहेक धरातलीय प्रभाव पार्न पछिल्लो समय अमेरिकी सक्रियता बढेको छ। फाइभजीको क्षेत्रमा उपयोगिता र साइबर सेक्युरिटीमा चासो  बढाएको देखिएको छ।

images
images

काठमाडौं- नेपालको डिजिटल पूर्वाधारको मुख्य संरचनामा चिनियाँ प्रभाव विस्तार हुँदै गएपछि पश्चिमा देशले पनि आफ्नो सक्रियता बढाउन थालेका छन्। 

images
images

प्रविधिको क्षेत्रमा चिनियाँ प्रभाव मत्थर पार्न अमेरिकालगायतका देशले कठोर प्रतिबन्ध लगाएका छन्। ठूलो बजार तथा रणनीतिक देशमा रोक्न लागेपनि नेपाल जस्ता गरिब मुलुकमा भने प्रत्यक्षभन्दा अप्रत्यक्ष सक्रियता बढाउन थालेका छन्। 

images
images

प्रविधिको क्षेत्रमा निर्माण भइरहेका विभिन्न पूर्वाधारमा चिनियाँ कम्पनीहरूको एकछत्र जस्तै रहेको छ। विशेषगरी दूरसञ्चार क्षेत्रमा चिनियाँ कम्पनी हुवावेको राज रहेको छ। सरकारी स्वामित्वको नेपाल टेलिकमको संवेदनशील मानिने सबै कम्पोनेन्टमा हुवावेकै नियन्त्रण रहेको छ। त्यस्तै एनसेलमा पनि हुवावेकै बाहुल्यता रहेको छ। 

images
images

दूरसञ्चारबाहेक सरकारले खरिद गर्ने प्रविधिमा पनि चिनियाँ प्रभुत्व बढ्दै गएको छ। 

चिनियाँ प्रभावि बढ्दै गएपछि अमेरिकालगायतका पश्चिमा मुलुकहरूले आफ्नो कुनटनीतिक संयन्त्रमार्फत चिनियाँ प्रभाव मत्थर पार्न प्रयास गरिरहेका छन्। नीतिगत तहमा नियामक तथा सरकारी तहमा चिनियाँ प्रविधिको एकाधिकारका बारेमा अमेरिकी कुटनीतिज्ञहरूले चासो देखाउने गरेका छन्। विशेषगरी प्रविधिको छलफल हुँदा उनीहरूले यस्तो चासो देखाउँछन्। 

दूरसञ्चारको क्षेत्रमा भएको एकाधिकारका बारेमा निरन्तर रुपमा अमेरिकालगायतका पश्चिमा मुलुकका कुटनीतिज्ञले यस्तो चासो राख्ने गरेका छन्। 

पछिल्लो समय अमेरिकी सहयोग नियोग तथा विभिन्न एजेन्सीहरूले सूचना प्रविधिको क्षेत्रमा रहेका प्रतिनिधिमूलक संगठनसँग सहकार्य बढाउँदै गएका छन्। केही समय पहिले क्यान महासंघसँगको सहकार्यमा कार्यक्रम नै आयोजना गरिएको थियो। 'फाइभ जी' लगायतका भविष्यमूखी प्रविधिका बारेमा नेपालको धरातलमा हुने उपयोगिताका बारेमा उक्त कार्यक्रममा छलफल भएको थियो। 

अमेरिकी सहयोग नियोगले क्यान महासंघसँग सहकार्य सुरू गरिसकेको छ। 

त्यस्तै अमेरिकी प्रविधि कम्पनीहरूले नेपालमा आफ्नो सहायक कम्पनी खडा गरेर काम गरिरहेका छन्। यस्ता सफ्टवेयर कम्पनीहरूले छुट्टै संगठन नै स्थापना भएको छ। नास आईसीटी नामको यो संगठनले पछिल्लो समय अमेरिकी सहयोग नियोग, दूतावाससँग सहकार्य गरिरहेको छ। त्यस्तै विश्व बैंकसँगको साझेदारीमा यसले विभिन्न कार्यक्रम पनि गरिरहेको छ। 

नीतिगत दबाब र प्रभावबाहेक धरातलीय प्रभाव पार्न पछिल्लो समय अमेरिकी सक्रियता बढेको छ। फाइभजीको क्षेत्रमा उपयोगिता र साइबर सेक्युरिटीमा चासो बढाएको देखिएको छ। 


प्रकाशित : सोमबार, वैशाख ३ २०८१०७:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend