शनिबार, मंसिर १५ गते २०८१    
images
images

वीरगञ्जमा एक करोड ६६ लाख रूपैयाँभन्दा बढी राजस्व संकलन

images
आइतबार, वैशाख २ २०८१
images
images
वीरगञ्जमा एक करोड ६६ लाख रूपैयाँभन्दा बढी राजस्व संकलन

राजस्व अनुसन्धान कार्यालय पथलैया बाराले चालु आवको ८ महिनामा एक करोड ६६ लाख रूपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ।

images
images
वीरगञ्ज- राजस्व अनुसन्धान कार्यालय पथलैया बाराले चालु आर्थिक वर्ष २०८०/८१ को आठ महिनामा एक करोड ६६ लाख रूपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ।
 
राजस्व छलीको आशंकामा विभिन्न जिल्लाका प्रहरी कार्यालय तथा निकायबाट नियन्त्रणमा लिई बुझाइएका सवारीसाधन तथा फार्ममाथि कारबाही गरी कार्यालयले चालु अवको फागुन मसान्तसम्ममा सो बराबरको राजस्व संकलन गरेको हो। 
 
कार्यालयका सूचना अधिकारी प्रमोदकुमार चौधरीका अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरीअन्तर्गतका विभिन्न कार्यालयबाट नियन्त्रणमा लिइ कारबाहीका लागि सो अवधिमा बुझाइएका तीन सय चार फार्म तथा सवारीसाधनमाथि कारबाही गरी राजस्व संकलन गरिएको छ।
 
उक्त अवधिमा जिल्ला प्रहरी कार्यालय बारा वा अन्तर्गतका कार्यालयबाट बुझाइएका एक सय ७२ फार्म तथा सवारीसाधनमाथि गरिएको कारबाहीबाट सबै भन्दा बढी ५९ लाख १६ हजार ५० रूपैयाँ राजस्व संकलन भएको सूचना अधिकारी चौधरीले जानकारी दिए।
 
जिल्ला प्रहरी कार्यालय पर्सा वा अन्तर्गतका कार्यालयबाट कारबाहीका लागि आएका फार्म तथा सवारीसाधनबाट २९ लाख ५६ हजार पाँच सय ६० रूपैयाँ, मकवानपुर वा अन्तर्गतका कार्यालयबाट १८ लाख ७९ हजार आठ सय ४८ रूपैयाँ, जिल्ला प्रहरी कार्यालय धनुषा र सर्लाहीबाट नियन्त्रणमा लिइएको दुई/दुईवटा सवारी साधनबाट ७५ हजार रूपैयाँ राजस्व संकलन भएको सूचना अधिकारी चौधरीले जानकारी दिए।
 
सशस्त्र प्रहरी बल पर्सा वा अन्तर्गतबाट आएको १९ वटा सवारी साधनबाट ३७ लाख ८० हजार रूपैयाँ, बारा वा अन्तर्गतले नियन्त्रणमा लिएको ११ सवारीसाधनबाट १५ लाख सात हजार छ सय ७२ रूपैयाँ, मकवानपुरबाट आएका १५ वटा सवारीसाधन तथा फार्मबाट दुई लाख रूपैयाँ र सशस्त्र प्रहरी बल धनुषा वा अन्तर्गतबाट प्राप्त दुई सवारीसाधनबाट ५० हजार रूपैयाँ राजस्व संकलन भएको उनको भनाइ छ। रासस 


प्रकाशित : आइतबार, वैशाख २ २०८११६:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend