काठमाडौं- नेपाल वेरिङ्ग हाउस कम्पनीले साधारण सेयर (आइपीओ) जारी गर्ने भएको छ। कम्पनीको तेस्रो साधारणसभा सम्पन्न गर्दै आइपीओ जारी गर्ने भएको हो।
पुस १ गते कम्पनीका अध्यक्ष आनन्तकुमार बगडियाको अध्यक्षतामा सम्पन्न साधारणसभाले आर्थिक वर्ष ०७७ ७८ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन र ०७८ असार मसान्तको वासलात सर्वसम्मतिले पारित गरेको छ।
विशेष प्रस्ताव अन्तरगत कम्पनीको प्रवन्धपत्र संशोधन गने गरी अधिकृत पुँजी ७० करोड र जारी पुँजी ६८ करोड ७५ लाख रुपैयाँ पुर्याउने सञ्चालक समितिको प्रस्ताव साधारणसभाले पारित गरेको छ।
जसमध्ये कम्पनीले १३ करोड ७५ लाख रुपैयाँ आइपीओ निष्काशन गरी संकलन गर्ने भएको छ। आइपीओ निष्काशनका लागि कम्पनीले सम्बन्धित नियामक निकायमा प्रस्ताव पेश गर्नेछ।