बुधबार, वैशाख ३१ गते २०८२    
बुधबार, वैशाख ३१ २०८२
images
images

भारतले नेपाललाई दियो ३५ वटा एम्बुलेन्स र ६६ वटा स्कुल बस उपहार

images
आइतबार, वैशाख २ २०८१
images
भारतले नेपाललाई दियो ३५ वटा एम्बुलेन्स र ६६ वटा स्कुल बस उपहार

सन् १९९४ यता भारतले आजकोसहित हालसम्म नेपालभर एक हजार ९ सय वटा एम्बुलेन्स र ३ सय वटा स्कुल बस उपहारस्वरुप उपलब्ध गराइसकेको दूतावासले जनाएको छ।

images
images

काठमाडौं- नेपालस्थित भारतीय राजदूतावासले नेपालका विभिन्न जिल्लाका स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थाहरुलाई ३५ वटा एम्बुलेन्स र ६६ वटा स्कुल बस उपहारस्वरुप प्रदान गरेको छ।

images
images
images

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले आइतबार अर्थमन्त्री वर्षमान पुनको उपस्थितिमा उक्त एम्बुलेन्स तथा स्कुल बसका चाबी हस्तान्तरण गरेका हुन्।

images
images

हस्तान्तरण गरिएका कुल १ सय १ सवारी साधन मध्ये दुईवटा एम्बुलेन्स दूूतावासका प्रतिनिधिले भूकम्प प्रभावित जाजरकोट र रुकुम (पश्चिम) जिल्लामै पुगेर जिल्ला अधिकारी तथा स्थानीय बासिन्दाको उपस्थितिमा हस्तान्तरण गरेका थिए।

images
images

कार्यक्रममा बोल्दै नेपालका लागि भारतीय राजदूतले उक्त एम्बुलेन्स तथा स्कुल बसको हस्तान्तरण स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा पूर्वाधार विकास गर्न नेपाल सरकारले चालेका प्रयासलाई थप बलियो बनाउन नेपाल-भारत विकास साझेदारी कार्यक्रम अन्तर्गत भारत सरकारले लामो समयदेखि लिदै आएको पहलमध्येको एक रहेको बताए। उनले यो कार्यक्रम भारत र नेपालबीचको बलियो विकास साझेदारीकै एक अंशको रुपमा रहेको जानकारी दिए।

अर्थमन्त्री पुनले भारत सरकारको सहयोगमा नेपालमा सञ्चालित विभिन्न विकास सम्बन्धीका परियोजनाको सराहना गर्दै यसले दुई देशबीचको जनता-जनताबीचको सम्पर्क र द्विपक्षीय सम्बन्धलाई निरन्तर सुदृढ बनाउदै लैजाने बताए। साथै यस्ता महत्वपूर्ण कार्यक्रम नेपाली जनताका लागि निकै फाइदाजनक हुने उनको भनाइ छ।

सन् १९९४ यता भारतले आजकोसहित हालसम्म नेपालभर एक हजार ९ सय वटा एम्बुलेन्स र ३ सय वटा स्कुल बस उपहारस्वरुप उपलब्ध गराइसकेको दूतावासले जनाएको छ।


प्रकाशित : आइतबार, वैशाख २ २०८११४:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend