मंगलबार, वैशाख १८ गते २०८१    
images
images

प्रतिनिधिसभाको चालु अधिवेशनमा के-के भए काम?

images
images
images
प्रतिनिधिसभाको चालु अधिवेशनमा के-के भए काम?

गत माघ २२ गतेदेखि सुरु भएर आजसम्म २३ दिनमा २३ पटक गरी कुल ८१ घण्टा ५५ मिनेट बैठक बसी संसदीय काम कारबाही भएको थियो।

images
images

काठमाडौं- प्रतिनिधिसभाको चालु अधिवेशन आज राति १२ बजेदेखि अन्त्य हुने भएको छ।

images
images
images

गत माघ २२ गते सोमबारदेखि प्रारम्भ भइ आज बैशाख २ गतेसम्म २३ दिनमा २३ पटक गरी कुल ८१ घण्टा ५५ मिनेट बैठक बसी संसदीय काम कारबाही भएको थियो।

images

यस अवधिमा गत फागुन ६ गते र चैत ६ गतेका बैठकहरूमा सञ्चालन भएको प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरसम्बन्धी कार्यक्रममा २६ जना सदस्यहरूले सोधेको प्रश्नको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जवाफ दिएका थिए।

images

त्यस्तै सभाको पहिलो बैठकमा पेस भएको ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८०’ लाई गत फागुन ६ गतेको सभाको बैठकले स्वीकृत गरेको थियो। सभाको पहिलो बैठकमा मन्त्रिपरिषद्को निर्णयबाट आयोगको कार्यावधि थप गर्नेगरी जारी भएको आदेश बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ को उपदफा (२) बमोजिम पेस भएको थियो।

images
images

चालु अधिवेशनमा गत फागुन ३० गतेको बैठकमा प्रधानमन्त्री दाहालले नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्न राखेको प्रस्ताव प्रतिनिधिसभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य सङ्ख्याको बहुमतबाट पारित भएको थियो।

सभाको दोस्रो अधिवेशनबाट यस अधिवेशनमा प्राप्त दुईवटा सन्धि सम्झौतामध्ये ‘विमस्टेक वडापत्र’लाई गत चैत २० गतेको सभाको बैठकले अनुमोदन गरेको थियो भने ‘अन्तर्राष्ट्रिय सौर्य गठबन्धको स्थापनासँग सम्बन्धित सम्झौता’माथिको सामान्य छलफल समाप्त भइसकेको छ।

त्यसैगरी गत फागनु १४ गतेको बैठकमा पेस भएको आर्थिक वर्ष २०८१/८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि यही चैत १, ५, ६ र ७ गतेको सभाको बैठकहरूमा छलफल गरिएको थियो।

सभाको यस अधिवेशनमा प्रतिनिधिसभामा पाँचवटा सरकारी विधेयक दर्ता भएका थिए। जसमध्ये ‘निर्माणमुखी सामग्री (व्यवस्थापन तथा नियमन) विधेयक, २०८०’, समितिमा विचाराधीन रहेको छ, ‘संघीय निजामती सेवा विधेयक, २०८०’ माथिको सामान्य छलफल समाप्त भएको छ, ‘राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८०’ र ‘बैंक तथा वित्तीय संस्थासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८०’ सभामा प्रस्तुत भएका छन् भने ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८०’ दर्तामात्रको स्थितिमा रहेको छ।

साथै सभामा उत्पत्ति भएको ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक’ माथि राष्ट्रियसभाबाट गरिएको संशोधनलाई यस सभाले स्वीकार गरी पारित गरेको छ।

यस अधिवेशनमा राष्ट्रियसभामा उत्पत्ति भएको तीनवटा सरकारी र एउटा गैरसरकारी विधेयक प्रतिनिधिसभामा प्राप्त भएका थिए। जसमध्ये ‘विद्युतीय व्यापार विधेयक, २०८०’ माथिको सामान्य छलफल समाप्त भएको छ भने बाँकी तीनवटा विधेयक सभामा प्रस्तुत भइसकेको छ।

त्यस्तै सभाको पहिलो र दोस्रो अधिवेशनमा राष्ट्रियसभाबाट प्राप्त आठवटा विधेयकमध्ये ‘अनुगमन तथा मूल्यांकन विधेयक, २०७६’ र ‘खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७’ सभाबाट पारित भएको छ। बाँकी छवटा विधेयक सम्बन्धित समितिमा विचाराधीन छन्। यसरी सभाबाट यो अधिवेशनमा कुल तीन विधेयक पारित भएका छन्।

प्रतिनिधिसभाको चालु अधिवेशनमा सदस्यबाट दर्ता हुन आएका विभिन्न मन्त्रालयसँग सम्बन्धित ६५ वटा मौखिक र आठवटा लिखित प्रश्नमध्ये ३२ वटा मौखिक र दुईवटा लिखित प्रश्नको उत्तर प्राप्त भएकामा सभाको गत चैत २० गतेको बैठकमा छवटा मौखिक प्रश्नको सम्बन्धित मन्त्रीबाट उत्तर दिने कार्य सम्पन्न भयो।

यस अधिवेशनमा प्रतिनिधिसभाअन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको ‘महिला तथा सामाजिक मामिला समितिको वार्षिक प्रतिवेदन, २०८०’ पेस भयो। सभाको यस अधिवेशनमा प्रतिनिधिसभा सदस्य मञ्जु शर्मा अन्सारी र संविधानसभा सदस्य केशवकुमार बुढाथोकीको निधन भएकामा शोक प्रस्ताव पारित भएका थिए।

सभाको विभिन्न बैठकको आकस्मिक, शून्य र विशेष समयमा सभाका सदस्यले समसामयिक एवं जिल्लामा घटित विभिन्न घटनाका सम्बन्धमा सरकार एवं सम्बन्धित पक्षको ध्यानाकर्षण गराएका थिए।

यसैगरी प्रधानमन्त्री पुष्पकमल दाहालले दुईपटक, उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले दुईपटक र तत्कालीन खानेपानीमन्त्री महिन्द्रराय यादव एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले एकपटक आकस्मिक, शून्य एवं विशेष समयमा उठेका प्रश्नको सम्बन्धमा जवाफ दिएका थिए। रासस

images

प्रकाशित : आइतबार, वैशाख २ २०८१०१:३६

प्रतिक्रिया दिनुहोस