बिहीबार , वैशाख २० गते २०८१    
images
images

तनहुँमा पाडी/बाछी हुर्काउन १० हजार रूपैयाँ अनुदान

images
images
images
तनहुँमा पाडी/बाछी हुर्काउन १० हजार रूपैयाँ अनुदान

अनुदान पाउनका लागि पाडी/बाछीको उमेर एक वर्ष पूरा भएको हुनुपर्ने मापदण्ड राखिएको छ।

images
images

तनहुँ- गण्डकी प्रदेश सरकारले यस वर्ष तनहुँमा पाडी र बाछी हुर्काउन प्रोत्साहन कार्यक्रम ल्याएको छ।

images
images
images

कृत्रिम गर्भाधानबाट जन्मिएका उन्नत जातका सात सयवटा पाडी/बाछी हुर्काउन १० हजार रूपैयाँका दरले अनुदान दिन लागेको हो। विगत तीन वर्षदेखि पाडी र बाछी हुर्काउन प्रोत्साहन कार्यक्रम सञ्चालन गरिएको छ।

images

भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँका प्रमुख डा राजेशकुमार चौधरीले पहिलो वर्ष एक सय, दोस्रो वर्ष दुई सय र तेस्रो वर्ष सात सयवटा पाडी/बाछीका लागि बजेट विनियोजन गरेको जानकारी दिए।

images

पाडी/बाछीका लागि ७० लाख रूपैयाँ बजेट विनियोजन भएको छ। उनले भने, 'तीन सय किसानले छ सय २८ पाडी/बाछीका लागि आवेदन दिइसकेका छन्।'

images
images

आवेदनका आधारमा किसानका गोठमा पुगेर स्थलगत अनुगमन गरी अनुदान दिइनेछ। एकजना पशुपालक किसानले बढीमा पाँच वटासम्म पाडी/बाछीका लागि अनुदान पाउने केन्द्रले जनाएको छ।

बाह्य जिल्लाबाट ल्याइएका पशुका तुलनामा जिल्लाभित्रै हुर्किएका पाडी/बाछीमा कम रोग लाग्ने भएकाले पशु आयात न्यूनीकरण गर्न अनुदान दिएको केन्द्रका प्रमुख चौधरीले बताए।

अनुदान पाउनका लागि पाडी/बाछीको उमेर एक वर्ष पूरा भएको हुनुपर्ने मापदण्ड राखिएको छ। रासस

images

प्रकाशित : आइतबार, वैशाख २ २०८११२:५३

प्रतिक्रिया दिनुहोस