शुक्रबार, वैशाख ५ गते २०८२    
शुक्रबार, वैशाख ५ २०८२
images
images

एकैदिन प्रतितोला २२ सय रूपैयाँले घट्यो सुनको मूल्य

images
आइतबार, वैशाख २ २०८१
images
एकैदिन प्रतितोला २२ सय रूपैयाँले घट्यो सुनको मूल्य

आइतबार सुनको मूल्य प्रतितोला २२ सय रूपैयाँले घटेको छ भने चाँदी प्रतितोला ५० रूपैयाँले सस्तिएको छ।

images
images

काठमाडौं- लगातार उकालो लाग्दै रेकर्ड बनाइरहेको सुनको मूल्य यो साता आइतबार घटेको छ। 

images
images
images

२०८० को अन्तिम कारोबारमा गएको शुक्रबार हालसम्मकै उच्च प्रतितोला एक लाख ३९ हजार रूपैयाँ पुगेको सुनको मूल्य २०८१ को पहिलो कारोबारमा एकैदिन दुई हजार दुईसय रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

images
images

महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ३६ हजार ८ सय रूपैयाँ कायम छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ३६ हजार एकसय ५० रूपैयाँ तोकिएको छ। 

images
images

चाँदीको मूल्य पनि आज प्रतितोला ५० रूपैयाँले घटेर प्रतितोला एक हजार ७ सय रूपैयाँमा कारोबार भइरहेको छ।


प्रकाशित : आइतबार, वैशाख २ २०८१११:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend