शनिबार, मंसिर १५ गते २०८१    
images
images

इलामको माइजोगमाईमा तीन करोड ८३ लाख लागतमा ६ वटा सिँचाइ आयोजनाको काम धमाधम

images
आइतबार, वैशाख २ २०८१
images
images
इलामको माइजोगमाईमा तीन करोड ८३ लाख लागतमा ६ वटा सिँचाइ आयोजनाको काम धमाधम
फाइल तस्बिर

माईजोगमाईका किसानलाई सिँचाइ सुविधा पुर्‍याउने उद्देश्यसहित सञ्चालित कार्यक्रमअन्तर्गत एकैपटक छवटा सिँचाइ आयोजना सुरु भएको हो।

images
images

इलाम- जिल्लाको माइजोगमाई गाउँपालिकामा खेतीयोग्य जमिनमा सिँचाइ पुर्‍याउने उद्देश्यले सञ्चालित ‘साना सिँचाइ कार्यक्रम’ ले पूर्वाधार निर्माणको कामलाई तीव्रता दिएको छ। माईजोगमाईका किसानलाई सिँचाइ सुविधा पुर्‍याउने उद्देश्यसहित सञ्चालित कार्यक्रमअन्तर्गत एकैपटक छवटा सिँचाइ आयोजना सुरु भएको हो।

images
images
images

चालु आर्थिक वर्षमा सम्पन्न हुने गरी तीन करोड ८३ लाख १५ हजार छ सय साठी रूपैयाँको लागतमा छवटा सिँचाइ आयोजनाको काम धमाधम भइरहेको साना सिँचाइ कार्यक्रम वरिष्ठ प्राविधिक मन्दिल राईले जानकारी दिए। उनका अनुसार ड्याम र पक्की कुलो धमाधम निर्माण भइरहेको छ।

images

माईजोगमाई गाउँपालिकामा सञ्चालित साना सिँचाइ कार्यक्रमअन्तर्गत वडा नं १ मा दुईवटा, वडा नं २ मा एउटा र वडा नं ५ मा तीनवटा सिँचाइ योजना निर्माण भइरहेका छन्। वडा नं १ स्थित लप्सीबोटे फलाटेगाउँमा ८९ लाख ९७ हजार रूपैयाँको लागतमा ६३ घरका किसान लाभान्वित हुने गरी लक्ष्मीखोलाबाट लप्सीबोटे फलाटेगाउँ सिँचाइ कुलो निर्माणाधीन छ।

images

त्यस्तै सोही वडाको ठूलोबेँसीमा ४२ लाख ७८ हजार तीन सय ४३ रूपैयाँको लागतमा २६ घरधुरीका किसान प्रत्यक्ष लाभान्वित हुने गरी हिलेखोलाबाट ठूलोबेँसी सिँचाइ कुलो निर्माण भइरहेको छ।

वडा नं २ को राईगाउँ-लाप्चागाउँ-निगालेगाउँमा ५० लाख ५५ हजार आठ सय ८३ रूपैयाँको लागतमा ५८ घरका किसान लाभान्वित हुने गरी बजुर खोलाबाट सिँचाइ कुलो निर्माण सुरु भएको छ।

वडा नं ५ को साठीमुरे बेँसीमा ३९ लाख ५८ हजार तीन सय ६६ रूपैयाँको लागतमा २६ परिवार लाभान्वित हुनेगरी ठोट्नी खोलाबाट र काफ्ले टोलमा ८२ लाख ६४ हजार दुई सय ८२ रूपैयाँको लागतमा ३७ घरधुरीका किसान प्रत्यक्ष लाभान्वित हुने गरी सिँचाइ कुलो निर्माणाधीन छ।

यसैगरी ७७ लाख ६१ हजार सात सय ७७ रूपैयाँको लागतमा एक सय ४८  किसान प्रत्यक्ष लाभान्वित हुने गरी सोही वडाको भुट्टेखोला थापा चावा खोला सिँचाइ कुलो निर्माणको काम तीव्र पारिएको प्राविधिक राईले बताए।

आयोजना सम्पन्न भएपछि माईजोगमाईका तीनवटा वडामा बाह्रैमास पानी पुग्नेछ। आयोजनाले तीन सय ५८ किसानका तीन हजार तीन सय साठी रोपनी क्षेत्रमा सिँचाइ पुग्ने बताए।

'वर्षौँदेखि परम्परागत कुलोबाट सिँचाइ गरिरहेका माईजोगमाईका किसान सिँचाइ आयोजना सुरु भएपछि उत्साहित भएका छन्, आयोजना सम्पन्न भएपछि यहाँका तीन हजार तीन सय साठी रोपनी क्षेत्रमा सिँचाइ सुविधा पुग्नेछ', राईले भने, 'यहाँका तीन सय ५८ घरधुरीका किसान प्रत्यक्ष लाभान्वित हुनेछन्।'

साना सिँचाइ आयोजनामा स्वीस सरकारको एक करोड १४ लाख ९४ हजार छ सय ९८ रूपैयाँ, संघीय सरकार, प्रदेश सरकार र माईजोगमाई गाउँपालिकाको ७६ लाख ६३ हजार एक सय ३२ रूपैयाँका  र स्थानीय उपभोक्ताको ३८ लाख ३१ हजार पाँच सय ६६ रूपैयाँ लागत साझेदारी छ।

यसअघि माईजोगमाई गाउँपालिकामा चार करोड ७० लाख ८२ हजार आठ सय २५ रूपैयाँको लागतमा नौवटा सिँचाइ कुलो निर्माण भएका छन्। ति कुलोबाट चार सय आठ हजार नौ सय ४० रोपनी  जमिनमा सिँचाइ सुविधा पुगेको छ। 

सिँचाइ सुविधा पुगेपछि अन्नबाली, नगदेबाली तथा तरकारी बाली उत्पादन र उत्पादकत्वमा वृद्धि हुने स्थानीयको अपेक्षा छ। माईजोगमाईमा धान, मकै, गुहँलगायत अन्नबाली, अलैँची, अदुवा, आलु, अम्रिसोजस्ता नगदेबाली तथा अकबरे, मूला, काउली, काबी, बन्दा, सिमीजस्ता तरकारीको व्यावसायिक खेती हुँदै आएको छ। रासस


प्रकाशित : आइतबार, वैशाख २ २०८११०:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend