शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

सुधार भएन बजेटरी असन्तुलन, हस्तान्तरण कटौती गर्दा पनि १ खर्ब ३६ अर्बको घाटा

आइतबार, वैशाख २ २०८१
सुधार भएन बजेटरी असन्तुलन, हस्तान्तरण कटौती गर्दा पनि १ खर्ब ३६ अर्बको घाटा

सार्वजनिक वित्तमा तीव्र असन्तुलन देखिएपछि यही वर्षदेखि प्रदेश र स्थानीय सरकारमा हस्तान्तरण हुने रकम घटाउँदा पनि असन्तुलन कायमै देखिएको छ।

काठमाडौं- दुई वर्षदेखिको वित्तीय असन्तुलनमा अझै सुधार देखिएको छैन। खर्च अनुसारको आम्दानी गर्न असफल सरकारले यो वर्ष पनि सुधार गर्न असफल देखिएको छ। 

चालु आर्थिक वर्षको ९ महिनामा सरकारले आम्दानीभन्दा १ खर्ब ३६ अर्ब बढी खर्च गरेको छ। अर्थात् खर्च अनुसारको आम्दानी गर्न असफल भएको छ। यो बीचमा सरकारले ९ खर्ब ४३ अर्ब खर्च गरेको छ भने ७ खर्ब २४ अर्ब आम्दानी गरेको छ। 

आगामी आर्थिक वर्षको बजेट निर्माणमा लागेको अर्थ प्रशासन चालु वर्षके वित्त व्यवस्थापनको संकटमा फसेको छ। 

गत वर्ष ऋणात्मक भएको राजस्वमा सीमान्त सुधार देखिएपनि संकट समाधानका लागि आवश्यक परिणाम निकाल्न सकेको छैन। त्यस्तै पुँजीगत खर्च गत वर्षको तुलनामा घटेको छ। 

सार्वजनिक वित्तमा तीव्र असन्तुलन देखिएपछि यही वर्षदेखि प्रदेश र स्थानीय सरकारमा हस्तान्तरण हुने रकम घटाउँदा पनि असन्तुलन कायमै देखिएको छ। 

यही वर्षदेखि सरकारले वित्तीय हस्तान्तरणलाई राजस्व प्राप्तीसँग जोडेको छ। राजस्व संकलनको अवस्था अनुसार शीर्षक अनुसारको अनुदान वितरढणलाई जोडिएको छ। यही कारणले चालु खर्च घटेको छ। 

त्यस्तै विगतमा सिर्जना भएका दायित्वको भुक्तानी ठप्प पारिएको छ भने अन्य कतिपय दायित्व भुक्तानीमा पनि ढिलाइ गरिएको छ। यति गर्दा पनि १ खर्ब ३६ अर्बको असन्तुलन कायमै रहेको छ। 

संघीय सरकारको कोष घाटामा रहेपनि ऋण लिएर सरकारले सन्तुलित बनाइरहेको छ। 


प्रकाशित : आइतबार, वैशाख २ २०८१०९:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend