काठमाडौं- सरकारले पहिलो पटक भन्सारमा डिजिटल भुक्तानी सुरु गरेको छ। भन्सार विभागले विरगञ्जस्थित सुक्खा बन्दरगाहबाट डिजिटल भुक्तानीको सुरुवात गरेको हो।
‘सुक्खा बन्दरगाहबाट डिजिट भुक्तानी सुरु भएको छ,’ भन्सार विभागमा महानिर्देशक नारायण सपकोटाले भने, ‘ एक महिनासम्म परीक्षणको रुपमा काम हुन्छ। माघ १ गतेबाट देशभरको भन्सार कार्यालयमा डिजिटल भुक्तानी लागु हुन्छ।’
सुक्खा बन्दरगाहमा रोविन पोलिमर्स नामको फर्मले डिजिटल भुक्तानीको सुरुवात गरेको थियो। फर्मले ११ लाख ६७ हजार ४ सय ३६ रुपैयाँ डिजिटल माध्यमबाट भुक्तानी गर्दै भन्सारमा डिजिटल भुक्तानीको सुरुवात भएको थियो।