बिहीबार , साउन १० गते २०८१    
images
images
images

जलवायु परिवर्तनमा जलवायु वित्तको सवाल र विद्युतीय सवारीको भूमिका

images
शनिबार, वैशाख १ २०८१
images
images
जलवायु परिवर्तनमा जलवायु वित्तको सवाल र विद्युतीय सवारीको भूमिका
images

जलवायु परिवर्तन भन्नाले पृथ्वीमा रहको मौसमको अवस्था र पृथ्वीको औसत तापक्रममा हुने दीर्घकालीन परिवर्तनलाई जनाउँछ। जलवायु परिवर्तनको मुख्य कारक तत्वको रुपमा मानव गतिविधिहरू नै हुन् भन्नुमा कुनै अतियुक्ती नहोला।

images
images

विशेष गरी कोइला, तेल, प्राकृतिक ग्यासजस्ता इन्धन जलाउने कार्यहरूबाट हरितगृहको निर्माण हुन जान्छ। हरित गृहमा ग्यासहरू जस्तै कार्बनडाइअक्साइड, मिथेन आदि निर्माण भइ वातावरणमा मिसिएको पाइन्छ।

images

यस्ता हरितगृह ग्यासहरूले पृथ्वीको वरिपरि कम्बलको रुपमा काम गर्दछन्। सूर्यको किरणले जमिनलाई न्यानो पार्ने काम गर्छ तर पृथ्वीले पनि आफ्नै ताप निकाल्छ। सामान्यतया यस्तो कार्यले हामी सजीव वर्गलाई जीवन जिउन सहयोग नै गरिरहेको हुन्छ। तर जब हामी कोइला, तेल, ग्यासजस्ता इन्धन जलाउने कार्य गर्छौं, त्यसबाट उत्पन्न हुने तापक्रम भने ग्रिन हाउसमा गएर रोकिन्छ।

जति बढी यस्तो इन्धनहरू बालिन्छ, त्यति नै धेरै तापक्रममा असर पर्छ। ग्रिनहाउसले सामान्यभन्दा बढी गर्मीलाई रोकेर राख्छ र यसले पृथ्वीमा गर्मी बढ्दै जान्छन्। यो परिघटनालाई ग्लोबल वार्मिङ पनि भनिन्छ। 

images

कनूनी अवस्था हेर्ने हो भने जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र फेमवर्क कन्भेन्सन (यूएनएफसीसीसी) यसको मुख्य कानूनी आधार हो। नेपालले यसमा सन् १९९२ जुन १२ मा हस्ताक्षर गरेको हो र सन् १९९४ देखि लागु भएको हो। नेपालमा यस सम्बन्धी कार्य हेर्ने जनसंख्या तथा वातावरण मन्त्रालय हो। नेपालले प्रधानमन्त्रीकै अध्यक्षतामा जलवायु परिवर्तन परिषद गठन गरेको छ र यसै मार्फत जलवायु परिवर्तन सम्बन्धी कार्यहरू भइ आएका छन्। 

जलवायु परिवर्तनका प्रभावहरू धेरै रहेका छन्, तीमध्ये केही यसप्रकार रहेका छन्

बढ्दो तापक्रम : औसत विश्वब्यापी तापक्रम निरन्तर बढ्दै गएको छ, जसले गर्दा लगातार र तीव्ररुपमा गर्मी बढिरहेको छ। 

वर्षाको अवस्थामा परिवर्तन : जलवायु परिवर्तनले गर्दा केही स्थानमा व्यापक वर्षा हुने र केही स्थानमा सुक्खा बढ्ने जोखिम बढेको छ। 

बरफ पग्लने क्रम बढेको र समुन्द्री सतह बढेको : तातो हावापानीले गर्दा हिमनदी र हिमाली क्षेत्रको हिउ पग्लीने क्रममा बढेको छ। यसले समुद्रको सतह बढन गएको छ साथै तटीय क्षेत्र डुबानमा पर्ने जोखिम पनि बढेको पाइन्छ। समग्रमा हिमाल र समुद्रको इकोसिस्टममा नै असर गरिरहेको छ। 

वायुमण्डलमा कार्बनडाइअक्साइडको मात्रा बढ्दै जाँदा महासागरहरूमा कार्बोनिक एसिडको स्तर पनि बढ्दै जान्छ र थप अम्लीय बनाउँदै लैजान्छ। यसलेगर्दा समुद्री जीवनलाई व्यापक हानी पुर्याउँछ। 

जलवायु परिवर्तनकै कारण वनस्पति र जनावरहरूको बासस्थान र बसाइसराइको अवस्थामा व्यापक परिवर्तन आइरहको छ र यसले जैविक विविधतालाई खतराको अवस्था तीर उन्मुख गराएको छ। 

नयाँ नयाँ तरिकाका सामुद्रिक तुफान, आधीहरू आउने सम्भावना पनि बढिरहेको छ। 

माथि उल्लेखित जलवायु परिवर्तनका परिघटनाहरूले गर्दा समग्र मानवजातीलाई नै असर पुर्‍याइरहेको हुँदा विश्वभरका सबै राष्ट्रहरू मिलेर जलवायु परिवर्तनलाई बढ्न नदिने र यसलाई निश्चित स्तरभित्रै राख्ने निर्णय लिएका छन्। यसैलाई नियन्त्रण गर्ने उपायको रुपमा क्लामेट फाइनान्स तथा क्लाइमेट व्यापारको अवधारण अगाडि आएको हो। 

जलवायु वित्त वा हरित जलवायु कोष  

जलवायु परिवर्तनका चुनौतीहरूको समाना गर्न अविकसित देशहरूलाई मद्दत गर्न जलवायु वित्तले महत्वपूर्ण भूमिका खेलिरहेको छ। विकसित देशहरू र अन्तराष्ट्रिय संस्थाहरूले विकासशील राष्ट्रहरूमा कोषहरू परिचालन गर्ने गरेका छन्। हरित जलवायु कोषले अविकशित देशहरूलाई सहयोग गर्न विभिन्न प्रकार ग्राण्ड, ऋण तथा प्राविधिक सहायता दिने गरेको छ।

यसले गर्दा जलवायु परिवर्तनलाई नियन्त्रण गर्न अतिकम विकसित राष्ट्रहरूलाई सहयोग पुगिरहेको छ। हरित जलवायु कोषले विकासोन्मुख देशहरूलाई जलवायुमैत्री कार्यहरूमा पहल अगाडि बढाउन विभिन्न हिसाबले पनि सहयोग गर्ने गरेको छ।

जस्तै, पेट्रोल तथा डिजेलबाट चल्ने सवारी साधनहरूको सट्टामा नवीकरणीय उर्जाबाट सञ्चालन गर्न सकिने सवारी साधनहरूको उत्पादन र सञ्चालन गर्ने गराउने, सौर्य तथा वायुबाट उत्पादन-सञ्चालन गर्न सकिने नवीकरणीय उर्जा परियोजनाहरूको निर्माण र सञ्चालन गर्ने गराउने, परिवर्तित अवस्थामा पनि कृषिलगायत अन्य खाद्य वस्तुहरूमा असर नपारी थप सुधार गर्ने स्मार्ट खेती गर्ने उन्नत परियोजनाहरू सञ्चालन गर्ने गराउने, जलवायु परिवर्तनले पार्ने बाढी, पहिरो, आधि आदिबाट बच्न पूर्व सूचनाहरू दिन सकिने संयन्त्रहरूको सञ्चालन गर्ने गराउने आदि।

समग्रमा हेर्नेहो भने हरित जलवायु कोषले अति कम विकसित देशहरूलाई आर्थिक सहयोगका माध्यामबाट प्राविधिक सहयोग उपलब्ध गराउँदै परिवर्तित वातावरणको असरसँग जुध्न आवश्यक तयारी गराउदै दिगो भविष्यतर्फ सबै देशहरूलाई लैजान मद्दत गरिरहेको पाइन्छ। योसँगै केही राष्ट्रहरूले हरित जलवायु कोषबाट अन्य भन्दा केही बढी सहयोग पाएको भन्ने जस्ता चुनौतीहरू यथावत नै रहिरहेका छन्।

बढ्दो वातावरणीय चुनौतीहरूको समाना गर्न निजीक्षेत्रको भूमिका पनि त्यती कै महत्वपूर्ण रहेको छ र पब्लिक फाइनान्सको पूर्ण सदुपयोगबिना यस्ता बृहत्तर आवश्यकतालाई पूरा गर्न सकिँदैन। त्यसैले जलवायु परिवर्तनसँग जुध्न हरित जलवायु कोष एउटा अत्यन्त महत्पूर्ण उपकरणको रुपमा रहेको छ र यस्को सफलता सम्पूर्ण राष्ट्रिय र अन्तराष्ट्रिय समुदायहरूको एक अर्कामा गरिने सहकार्यमा निर्भर रहेको पाइन्छ। 

जलवायु ट्रेड अथवा उत्सर्जन व्यापार

उत्सर्जन व्यापार बजारमा आधारित उपकरण हो जसले ग्रिन हाउस ग्यास प्रदूषण नियन्त्रण गर्न सहयोग पुर्‍याउछ। यसले कसरी काम गर्छ भनेर तल उल्लेखित बुँदाहरूबाट थप स्पष्ट पार्न सकिन्छ। 

१. विभिन्न सरकारहरूले संयुक्त राष्ट्रसँग जलवायु परिवर्तन गर्ने कार्यलाई नियन्त्र गर्न प्रतिवद्धता जनाएका छन्। त्यसैले ती सरकारहरूले आफ्नो क्षेत्रमा रहेका उद्योग कल-कारखानाहरूले उत्सर्जन गर्न पाउने प्रदूषणको सीमा तोकिएको हुन्छ। उक्त सीमाभित्र रहेर ती उद्योग कलकारखानाहरूले तोकिएको मात्रमा प्रदूषण गर्ने यिनै सरकारहरू वा नियमाक निकायहरूले विभिन्न व्यापार योग्त अनुमतिहरू जारी गरेको हुन्छ।

यदी कुनै कलकारखाना/उद्योगहरूले तोकिएको भन्दा बढी मात्रामा प्रद्रूषण गरेको खण्डमा त्यस्ता उद्योगहरूले तोकिएको प्रदूषण गर्न सक्ने गरि बजारबाट अनुमतिपत्र खरिद गर्न सक्ने छन्। साधरणतया सरल भाषामा भन्नुपर्दा बढी प्रदूषण गर्ने उद्योग करकारखानाले कम प्रदूषण गर्ने स्थानहरूबाट तीनीहरूले तयार पारको प्रदूषण अनुमतिपत्र बजारबाट किनेर लैजान्छन्।

जुन कम्पनीहरूले आफुले पाएको प्रदूषणको लिमिटभन्दा थोरै उत्सर्जन गर्ने गरेका छन् भने उभ्रिएको अनुमतिपत्र चाहिँ प्रदूषण कम गर्न नसकिरहेको कम्पनीलाई बिक्री गर्न सक्छ। जुन उद्योग कलकारखानाले तोकिएको मात्रमा प्रदूषण नियन्त्रण गर्न सक्दैनन् वा प्रदूषण कम गर्ने प्रविधि प्रयोग गर्दा खर्च धेरै आउने देखियो भने पनि जलवायु बजारबाट सम्बन्धित आधिकारिक निकायबाट जारी भएको निश्चित सीमाभित्र रहेर प्रदूषण गर्न पाउने अनुमति पत्र खरिद गर्दछन्। यसरी विश्वबजारमा जलवायु ट्रेड हुने गरेको पाइन्छ। 

तर यो विषय तपाईं हामीले सोचे जस्तो सजिलो चाहिँ छैन। यदि कसैले प्रदूषण उत्सर्जन तोकिएको मात्राभन्दा कम भइरहेको छ भन्ने लागेमा कति युनिटले कम भयो भनि अन्तराष्ट्रिय निकायहरूबाट मूल्याङकन गराउनु पर्छ। यसरी मूल्यांकन गर्ने निकायहरू पनि विश्वमा धेरै थोरै कन्सल्टेन्टहरू रहेको पाइन्छ जसले असाध्यै धेरै रकम चार्ज गर्ने गरेका छन्।

नेपाल जस्ता अविकसित देशहरूले यस्तो मूल्याङकन गराउनै सक्दैनन्। त्यसैले विश्वबजारमा विभिन्न कन्सलट्यान्ट कम्पनीहरू छन् जसले कम प्रदूषण गर्ने उद्योग कलकारखानामा पुगेर मूल्यांकन गर्ने गरेका छन् र सर्टिफिकेटहरू प्रदान गर्ने गर्छन्। अनि उक्त सर्टिफिकेटहरू जसको उद्योग कल कारखानाले बढि प्रदूषण उत्सर्जन गर्ने गरेको छ, ती कम्पनी उद्योगहरूलाई बिक्री गर्ने गर्दछन्।

कतिपय अवस्थामा चाहिँ रुखहरू रोप्न लगाउने, अन्य रिन्युवेल इनर्जीका श्रोतहरू उपयोग गर्ने जस्ता परियोजना निर्माणदेखि तोकिएकोभन्दा कम प्रदूषण भएको मूल्यांकन गराएर सर्टिफिकेट लिने र प्राप्त सर्टिफिकेट बजारमा बिक्री गर्नेसम्मको कार्य गरिआएको पाइन्छ।

जलवायु परिवर्तन यसको ट्रेड र यो सबै विषयमा विद्युतीय गाडीहरूको भूमिका 

इलेक्ट्रिक भेहिकल र जलवायु परिवर्तन तथा यसको व्यापारलाई सरसर्ती हेर्दा विद्युतीय सवारीको दुईवटा अवस्था देखिन्छ।

पहिलो ईभी आफैले प्रदूषण कम गर्ने भएकोले वातावरणमा यसले धेरै ठूलो सकरात्मक असर पुर्‍याइरहेको छ।

विश्वभरी ईभीको फैलँदो व्यापारले वातावरण सुरक्षा समन्धमा जनचेतना पनि वृद्धि भइरहेको हुन्छ। संसारमा रहेका विभिन्न उद्योग कलकारखानाहरू जो फोसिल इन्धनमा पूर्णरुपमा डिपेन्डेन्ट छन् तिनीहरूलाई धेरै ठूलो दबाब सृजना भएको देख्न पाइन्छ। साथै तिनिहरूलाई तोकिएको मापदण्डभित्र ल्याउन जुन जलवायु ट्रेडको कारोबार हुन्छ त्यसको खर्च बढ्ने देखिन्छ। 

साथै ईभी आफैले देशको लागि जलवायु परिवर्तनमा सकारात्मक सुधार ल्याएको छ। ईभीको बढ्दो प्रयोगसँगै यसैबाट पनि जलवायु क्रेडिट सर्टिफिकेट लिन सकिन्छ र अन्यले भन्दा बढि आम्दानी हुने देखिन्छ। यसबाट प्राप्त ट्रेड सर्टिफिकेट विश्वजारमा नियमित रुपमाले आर्जन गर्न सकिन्छ। यो एउटा देशकै लागि नियमित प्यासिभ आयको रुपमा रहन सक्छ।

साथै हाम्रो जस्तो देशमा पूराका पूरा विद्युत हाइड्रोपावरमार्फत आउँछ। हाम्रो देशको विद्युत पूर्ण रुपले ग्रिन इलेक्ट्रिसिटी भएकोले पनि ईभीको प्रयोग बढ्दा देशलाई पनि फाइदा देखिन्छ।


प्रकाशित : शनिबार, वैशाख १ २०८१००:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend