बुधबार, वैशाख ३१ गते २०८२    
बुधबार, वैशाख ३१ २०८२
images
images

१९ लाख रूपैयाँ बिगो दाबीसहित वरिष्ठ फिल्ड सहायकविरुद्ध अख्तियारले हाल्यो मुद्दा

images
शुक्रबार, चैत ३० २०८०
images
१९ लाख रूपैयाँ बिगो दाबीसहित वरिष्ठ फिल्ड सहायकविरुद्ध अख्तियारले हाल्यो मुद्दा

आयोगले अधिकारीविरुद्ध १९ लाख दुई हजार दुईसय ३७ रूपैयाँ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ।

images
images

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ग्रामीण विकास बैंक टाँडी चितवनका वरिष्ठ फिल्ड सहायक उदयकृष्ण अधिकारी विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

images
images
images

नक्कली सदस्य बनाइ बिनाधितो कर्जा दिएको, ऋणीबाट असुली भएको सावा तथा ब्याज रकम असुली नदेखाइ जग्गा खरिदमा प्रयोग गरेको पाइएको छ।

images
images

आयोगले अधिकारीविरुद्ध १९ लाख दुई हजार दुईसय ३७ रूपैयाँ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ।

images
images

हाल ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड साविक मध्यमाञ्चल ग्रामीण विकास बैंक शाखा कार्यालय चितवनमा कार्यरत अधिकारीले पदको दुरुपयोग गरी भ्रष्टाचार गरेको पाइएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए। रासस


प्रकाशित : शुक्रबार, चैत ३० २०८०१७:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend