शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

हकप्रदको अन्तिम तयारीमा रहेको अपि पावरको कारोबारमा हरेक दिन रेकर्ड

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, पुस २ २०७८
images
हकप्रदको अन्तिम तयारीमा रहेको अपि पावरको कारोबारमा हरेक दिन रेकर्ड
images
images

काठमाडौं- हकप्रदको अन्तिम तयारीमा रहेको अपि पावर कम्पनी पछिल्लो समय सेयर कारोबार धेरै हुने सूचीमा पर्दै आएको छ। 

images
images
images

बिहीबार पनि कारोबार धेरै हुने कम्पनीमध्ये अपि चौथोमा रहेको छ। बिहीबार अपि पावरको ६ करोड ८७ लाख रुपैयाँ बराबरको कारोबार भयो। अपिको बिहीबार ४०४ रुपैयाँ प्रतिकित्ता मूल्यमा कारोबार भएको थियो। 

images
images

५२ हप्तामा अधिकतम ६७० रुपैयाँसम्म पुगेको सेयर मूल्य न्यूनतम २१९ रुपैयाँमा कारोबार भएको थियो। ०७७/७८को नाफाबाट ११.०५ प्रतिशत लााभांश घोषणा गरेको कम्पनीले १०.५ प्रतिशत बोनस सेयर र ०.५५ प्रतिशत नगदर दिनेछ। यो लाभांश कम्पनीले हालसम्मकै धेरै प्रस्ताव गरेको हो। 

images
images

कम्पनीको चुक्ता पुँजी २ अर्ब ७५ करोड ८९ लाख रुपैयाँ रहेको छ। नेप्सेमा २ करोड ७५ लाख ८९ हजार १ सय ७५ कित्ता सेयर नेप्सेमा सूचीकृत कम्पनीको बजार मूल्यांकन ११ अर्ब १४ करोड ६० लाख रुपैयाँ पुगेको छ। 

api 2.PNG


गत वर्ष पनि हकप्रद दिएको कम्पनीले पुनः १ करोड ८६ हजार कित्ता हकप्रद ल्याउन लागेको छ। अपिले ०ः३९ कित्ता हकप्रदको प्रस्ताव गरेको हो। अपिले मुक्तीनाथ क्यापिटललाई व्यवस्थापक नियुक्त गरिसकेको छ। 

अपि पावर कम्पनीको बुधबार पनि तेस्रो धेरै कारोबार हुनेमा परेको थियो। जसको १३ करोड ८८ लाख ९४ हजार रुपैयाँको कारोबार भएको थियो। जसको अन्तिम मूल्य ४२२ रुपैयाँ कायम भएको थियो।

अपिले चालु आर्थिक वर्षको पहिलो तीन माहिनामा ७ करोड ६६ लाख ७९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो। भने प्रतिसेयर आम्दानी ११.१२ रुपैयाँ रहेको छ। 

यस्तो छ लाभांशकाे इतिहास 

api 1.PNG

 


प्रकाशित : शुक्रबार, पुस २ २०७८०१:४४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend