शनिबार, साउन १२ गते २०८१    
images
images
images

चैते धान प्रवर्द्धन गर्न कृषकलाई अनुदान

images
शुक्रबार, चैत ३० २०८०
images
images
चैते धान प्रवर्द्धन गर्न कृषकलाई अनुदान

चैते धान विशेष गरी चिउराका लागि प्रयोग गरिने तर खेत बाँझो हुँदा भारतबाट आयात हुने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ।

images

तनहुँ- कृषि ज्ञानकेन्द्र तनहुँले चैते धानखेती प्रवर्द्धन गर्न कृषकलाई अनुदान दिएको छ। चैतेधान प्रवर्द्धन कार्यक्रममार्फत कृषकलाई ७५ देखि ८५ प्रतिशतसम्म अनुदानको व्यवस्था गरेको हो।

images
images

किसानलाई चैते धानखेतीमा प्रोत्साहन गर्न अनुदान कार्यक्रम लागू गरिएको केन्द्रका सूचना अधिकारी किरण परियारले जानकारी दिए। जमिन बाँझो राख्नेक्रम बढेपछि ठूलो परिमाणमा भारतबाट चिउरा र चामल आयात गर्नुपर्ने बाध्यता भएकाले चैतेधान प्रवर्द्धन गरिएको कृषि ज्ञान केन्द्रले जनाएको छ।

images

ढुवानी, बीउ, सिँचाइ, उपकरण खरिदमा अनुदानको व्यवस्था गरिएको छ। कार्यालयले अनुदान दिन थालेपछि चैते धान खेतीमा किसानको आकर्षण बढेको कार्यालयले जनाएको छ। 

धानको बीउमा ७५ प्रतिशत अनुदान र सिँचाइअन्तर्गत कुलो निर्माण र मर्मतमा ८५ प्रतिशत अनुदानको व्यवस्था गरिएको ज्ञान केन्द्रका सूचना अधिकारी परियारले बताए।

images

उनका अनुसार जिल्लाको पाँच हजार ३६ रोपनी जमिनमा चैते धानखेती गर्न १५ वटा कृषक समूह तथा सहकारी समावेश गरिएको छ। उक्त समूह र सहकारीलाई छ टन धानको बीउ अनुदानमा वितरण गरिएको छ। 

कार्यक्रमका लागि एक करोड ५० लाख रूपैयाँ बजेट विनियोजन भइ कृषक समूह तथा सहकारीसँग सम्झौता गरिएको छ। कार्यक्रमअन्तर्गत धान चुट्ने थ्रेसर, खेत जोत्ने मिनिटिलर तथा ट्र्याक्टरमा अनुदानको व्यवस्था गरिएको छ। 

सबैभन्दा धेरै बजेट ८२ लाख ५० हजार सिँचाइका लागि विनियोजन गरिएको छ। चैते धान विशेष गरी चिउराका लागि प्रयोग गरिने तर खेत बाँझो हुँदा भारतबाट आयात हुने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ। रासस


प्रकाशित : शुक्रबार, चैत ३० २०८०१५:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend