बुधबार, माघ २३ गते २०८१    
बुधबार, माघ २३ २०८१
images
images

अब्बल ब्रान्ड र सर्भिससहित अघि बढेको हाइगर ईभी

images
शनिबार, वैशाख १ २०८१
images
images
अब्बल ब्रान्ड र सर्भिससहित अघि बढेको हाइगर ईभी
images
images

काठमाडौं- सार्वजनिक यातायातमा पनि विद्युतीय सवारीको संख्या बाक्लिँदै गइरहेको छ। कमर्सियल ईभीमा प्रतिस्पर्धा पनि बढ्दै गएको छ। विभिन्न रुट तथा स्कुटरलगायतमा विद्युतीय माइक्रोबसको माग पनि बढेको छ। 

images
images
images

हाल नेपाली बजारमा दर्जनभन्दा बढी ब्रान्डका विद्युतीय भ्यान उपलब्ध रहेका छन्। तिर विद्युतीय सवारीका लागि चाहिने न्यूनतम पूर्वाधार नै नबनाइ भ्यान ल्याउँदा र खरिद गर्दा उपभोक्ताले दु:ख पाउने निश्चित छ। विद्युतीय भ्यानका लागि चार्जिङ पूर्वाधार, मर्मतका लागि सर्भिस सेन्टर तथा पर्याप्त स्पेयर पार्टसको उपलब्धता जरुरी हुन्छ। 

images
images

सोही कुरालाई मध्यनजर गर्दै शशिला मोटर्स प्रालिले आवश्य पूर्वाधारको तयारी गरेर हाइगर ब्रान्डका विद्युतीय भ्यानको बिक्री सुरु गरेको हो। कम्पनीले विश्व प्रसिद्ध चिनियाँ बस निर्माता कम्पनी हाइगरका कमर्सियल विद्युतीय गाडी नेपाल ल्याएको हो। शशिला मोटर्सले केही महिनाअघि हाइगर बस कम्पनी लिमिटेडसँग सम्झौता गरेको हो। हाइगर बस कम्पनी लिमिटेडले विश्वका १ सय ३० भन्दा धेरै देशहरूमा बस बिक्री गर्दै आएको छ। 

images
images
images

शशिला मोटर्सले सुरुमो १६ सिट क्षमताका ईभी मिनि भ्यान र मिनिबस नेपाली बजारमा सार्वजनिक गरेको हो। जुन वातावरण मैत्री तथा ढुवानी व्यवसायका लागि अत्यन्तै उत्कृष्ट हुने र मिनिबस रेञ्जहरूमा ग्राहकको पहिलोरोजाइ बन्न सफल हुने कम्पनीको भनाइ छ। 

उत्कृष्ट ब्रान्डले उत्पादन गरेको गुणस्तरीय विद्युतीय भ्यान ल्याएर त्यसका लागि आवश्यक सर्भिस सेन्टर र पर्याप्त स्पेयर पार्टस राखेर मात्रै भ्यान डेलिभरी सुरु गरेको शशिला मोटर्स प्रालिका प्रबन्ध निर्देशक सन्तोष खतिवडाले बताए।

‘हामी सबैभन्दा पहिला ईभी नयाँ प्रविधि भएकाले त्यसका लागि आवश्यक सबै कुराहरू मर्मका लागि वर्कशप, दक्ष जनिशक्ति तथा स्मेयर पार्टस राखेर बिक्रीका लागि आएका हौँ,’ उनले भने, ‘सवारी चलाउन थालेपछि बिक्री पछिको सेवा खोज्न थाल्दा उपभोक्ताले दु:ख पाउँछन्। हाम्रो चाहना उपभोक्ताले समस्या भोग्नु नपरोस् भन्ने हो र सोहीअनुसार तयारी गरेका छौँ।’ 

हाइर चाइनाले पनि सर्भिसलगायत विषयमा राम्रो सपोर्ट गरेकाले पूर्वाधार तयार पारेर अब क्रमिक रुपमा बिक्री बढाउन लागेको खतिवडाले बताए। कटिंग एज प्रविधियुक्त लिथियम आयन ब्याट्री प्याक हाइगरका भ्यानमा उपलब्ध छन्। 

हाइगर १६ सिट क्षमताको एचफाइभ सी ईभीको विशेषताहरू :

ब्याट्री : ७०.४७ किलोवाट आवर (सीएटीएल)

मोटर पावर : ९० किलोवाट

टर्क : ३५० एनएम

रेन्ज : ३ सय किलोमिटर 

ग्राउन्ड क्लियरेन्स : २ सय एमएम 

वारेन्टी : मोटर र ब्याट्री दुवैमा ५ वर्ष वा ३ लाख किलोमिटर

यो कोलिजन अभोइडेन्स्सिस्टम, लेन डिपार्चर वार्निंग तथा एअर ब्याग सिस्टमहरू सहितको सुरक्षाका विशेषतायुक्त (एयर ब्याग भएको नेपालको पहिलो ईभी भ्यान) ईभी माइक्रोबस हो। त्यस्तै अलोइ हृवील र २ सय १५ आर ७५ टायर साइज, १६ पीआर सहितको पहिलो ईभी भ्यान जसले गाडीको रेन्ज र स्ट्याबिलिटी बढाउने कम्पनीले जनाएको छ। 

हाइगर एचफाइभ सी भ्यान हाल काठमाडौं-गोरखा, नारायणघाट-काठमाडौं, काठमाडौं-धरान, काठमाडौं-जनकपुर, काठमाडौं-पोखरा र काठमाडौं-ओखलढुंगा रुपमा सञ्चालन हुन थालेका छन्। 

त्यस्तै शशिला मोटरले हाइगरको ५०.२३ किलोवाट आवरको ब्याट्री क्षमताको ईभी भ्यान पनि ल्याउने लगेको छ। शशिला मोटर्सले ५०.२३ किलोवाट आवर ब्याट्रीयुक्त ईभी भ्यानको मूल्य ६१ लाख ५० हजार रुपैयाँ तोकेको छ।


प्रकाशित : शनिबार, वैशाख १ २०८१००:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend