सोमबार, असार २३ गते २०८२    
सोमबार, असार २३ २०८२
images
images

हस्तकलाका सामग्री युरोप निर्यात २० प्रतिशतले घट्यो

images
शुक्रबार, चैत ३० २०८०
images
images
हस्तकलाका सामग्री युरोप निर्यात २० प्रतिशतले घट्यो

हस्तकला महासंघको तथ्यांक अनुसार प्रत्येक वर्ष १२ अर्ब रूपैयाँको हाराहारीमा हस्तकला तथा मूर्तिकला निर्यात हुने गरेको छ।

images
images

काठमाडौं- युरोप महाद्वीपमा भइरहेको युद्धको प्रभाव नेपालको हस्तकला उद्योगमा देखा परेको छ। हस्तकला महासंघका अध्यक्ष प्रचण्ड शाक्यले युरोपमा २० प्रतिशतले हस्तकला निर्यात घटेको जानकारी दिए।

images
images

उनका अनुसार युरोपमा हाते कागज, पस्मिना, फेल्ट लगायतका सामग्री बढी मात्रामा निर्यात हुने गर्छन्। गत वर्ष ६ अर्बको हस्तकला युरोपमा निर्यात भएको थियो। यसवर्ष गतवर्षको तुलनामा २० प्रतिशतले घटेको अध्यक्ष शाक्यले बताए।

images
images

'युरोपमा युद्धको प्रभाव हस्तकला व्यापारमा पर्न गएको छ', उनले भने, 'यद्यपि अरु मुलुकमा निर्यातको अवस्था मध्यम छ।'

images
images
images

हस्तकला महासंघको तथ्यांक अनुसार प्रत्येक वर्ष १२ अर्ब रूपैयाँको हाराहारीमा हस्तकला तथा मूर्तिकला निर्यात हुने गरेको छ। मङ्सिरदेखि पुसमा मात्रै आठ अर्ब रूपैयाँको निर्यात भएको छ। रासस


प्रकाशित : शुक्रबार, चैत ३० २०८०१४:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend