बुधबार, माघ २३ गते २०८१    
बुधबार, माघ २३ २०८१
images
images

दीपल एस ०७ : विशेषता र विलासिताको संगम

images
शनिबार, वैशाख १ २०८१
images
images
दीपल एस ०७ : विशेषता र विलासिताको संगम
images
images

काठमाडौं- विद्युतीय सवारी बजारमा प्रतिस्पर्धा बढेसँगै सुविधायुक्त र विलासी कार आउने क्रम पनि बढेको छ। यस्तैमा पछिल्लो पटक आएको ब्रान्ड हो चांगनको विद्युतीय ब्रान्ड दीपल। आकर्षक डिजाइन र अत्याधुनिक विशेषताले भरिएको दीपल एस ०७ दुई साताअघि नेपाली बजारमा भित्रिएको हो। 

images
images
images

चांगानको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि अटोकर्प प्रालिले नेपाली ईभी क्षेत्रलाई रुपान्तरण गर्ने ‘इन्टेलिजेन्ट’ र ‘लक्जरियस’ विद्युतीय एसयूभी दीपल एस ०७ ल्याएको जनाएको छ। यसको ट्यागलाइन ‘टच द फ्युचर’ भनिएजस्तै दीपल एस ०७ मा नेपालमा उपलब्ध कारमध्ये पहिलो पटक प्रयोग भएका दर्जनौँ विशेषताहरू छन्। 

images
images

‘विद्युतीय मोबिलिटी’मा असम्भव केही छैन भन्ने देखाउनेगरिका विशेषताहरू उपलब्ध रहेको छ। ‘इन्टेलिजेन्ट विद्युतीय’ एसयूभी सार्वजनिक गर्दा नै दीपल एस ०७ को पहिलो पटक कारमाथि ‘थ्री डी म्यापिङ प्राजेक्सन’मार्फत गरिएको थियो। 

images
images
images

नेपालमा दीपल एस ०७ को सुरुवाती मूल्य ७१ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। यो ६ आकर्षक कलरमा उपलब्ध रहेको छ। 

१५ भन्दा बढी ‘फर्स्ट टाइम इन नेपाल’ विशेषता 

दीपल एस ०७ मा ईभी डेडिकेटेड ‘ईपीए१ प्ल्याटफर्म’ र ‘रियर ह्वील ड्राइभ सिस्टम’ रहेको छ जसको माथि ६६.८ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ र यसले सिंगल चार्जमा ४ सय १० किलोमिटरको रेन्ज (डब्लूएलटीपी) दिन्छ। 

अटोमोबाइकल डिजाइनको ‘हेरिटेज’ मानिने इटालीको टुरिनमा डिजाइन भएको दीपल एस ०७ मा नेपालमै पहिलो पटक प्रयोग भएका दर्जनौँ विशेषता छन्। संगीत, फोन कल र फोटो खिच्नेलगायतका लागि एस ०७ को ‘जेस्चर कन्ट्रोल’को माध्यमबाट हातको संकेतबाट कमान्ड लिनसक्छ। साथै यसमा ‘अग्मेन्टेड रियालिटी हेड अप डिस्प्ले’ (एआर एचयूडी) रहेको छ जसले ‘रियल टाइम नेभिगेसन’ लगायत अन्य महत्वपूर्ण सूचना दिन्छ जसले ड्राइभिङलाई सहज मात्र बनाउँदैन सुरक्षित पनि बनाउँछ।

साथै क्याबिनको बीचमा १५.६ इन्चको ‘सनफ्लावर टचस्क्रिन’ रहेको छ जुन टचस्क्रिनलाई ‘इन्ट¥याक्ट’ गर्ने यात्रुतिर आफैं फर्कन्छ। दीपल ०७ मा ‘वेलकमिङ सिट’ पनि रहेको छ जसले डङाइभरलाई गाडीभित्र छिर्न सहज बनाउनुका साथै उसको उचाइअनुसार सिटको पोजिसनलाई आफैं एडजस्ट गरिदिन्छ। 

दीपलमा पछाडि मात्र होइन अगाडि बोनेटमा पनि सामान राख्नका लागि १ सय २५ लिटरको ‘फ्रंक’ स्पेस रहेको छ। यसमा रहेको २० इन्चको विशाल टायरले ईभीलाई आकर्षक मात्र बनाउँदैन यसको पर्फमेन्समा पनि सुधार ल्याउँछ।

त्यस्तै नेपालमै पहिलो पटक, कुनै पनि ईभीमा चार ‘ड्राइभिङ मोड’ (इको, कम्फर्ट, स्पोर्ट र कस्टमाइज) रहेको छ जसले ड्राइभरलाई चाहेको जस्तो ड्राइभिङ अनुभव दिलाउँछ।

दीपल एस ०७ मा प्रयोग भएको ‘फ्रेमलेस डोर’ र ‘फ्लस ह्यान्डल’ले यो ई एसयूभीको आकर्षण र ‘एरोडाइनामिक्स इफिसेन्स’लाई बलियो बनाएको छ। साथै यसमा ‘हेडरेस्ट स्पिकर’ र ‘आउटडोर स्पिकर’सहित १४ वटा हाइ क्वालिटी सोनी स्पिकर छन्।

कारभित्रको वातावरणलाई ‘कस्टमाइज’ गर्न ‘न्याप, क्याम्प, बेबी केयर, म्युजिक लाइट सो’ जस्ता ‘इन्टेलिजेन्ट सिनेरियो मोड’हरू छन्। साथै पछाडिको सिटबाट अगाडिको सिट ‘एड्जस्ट’ गर्न मिल्ने र ‘सनसेद’लाई खोल्न र बन्द गर्न सकिने टचस्क्रिन रहेको छ। 

सुरक्षाका लागि दीपल एस ०७ मा ‘इन्टरेक्टिभ एडाप्टिभ क्रुज कन्ट्रोल’सहितको ‘इन्टेलिजेन्ट एडास २.५’, ६ वटा एअर ब्याग, ‘अटोमेटिक इमर्जेन्सी ब्रेकिङ’, ‘ड्राइभर फ्याटिग मनिटरिंग सिस्टम’, ‘सेफ डिस्टेन्स वार्निङ’, ‘ट्रान्सपेरेन्ट च्यासिस’सहितको ३६० क्यामेरा, ‘ड्राइभ भिडियो रेकर्डर’, ‘डिस्ट्रयाक्स वार्निङ’ लगायत धेरै व्यवस्था रहेको छ। 

विद्युतीय मोबिलिटीमा नयाँ अध्याय

दीपल एस ०७ एउटा ईभी मात्र नभएर नेपालमा स्वच्छ मोबिलिटीको भविष्य कस्तो हुनसक्छ भन्ने दृष्टान्त दिएको दाबी एमएडब्लू ग्रुपका कार्यकारी निर्देशक विष्णु अग्रवालले गरेका छन्।

पर्फमेन्स र लक्जरीको सीमालाई फराकिलो पार्ने मात्र होइन नेपालमा पहिले कहिल्यै नदेखिएको र अनुभव नगरिएको इन्टेलिजेन्स र इनोभेसनले भरिएको कार भएकाले दीपलले विद्युतीय मोबिलिटीमा नयाँ अध्याय सुरु गरेको उनले बताए। 


प्रकाशित : शनिबार, वैशाख १ २०८१००:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend