सोमबार, असार २३ गते २०८२    
सोमबार, असार २३ २०८२
images
images

नारायणगढ-मुग्लिन सडकका एघार पुल सञ्चालनमा

images
शुक्रबार, चैत ३० २०८०
images
images
नारायणगढ-मुग्लिन सडकका एघार पुल सञ्चालनमा

विश्व बैंकको सहयोगमा ती पुल निर्माण गरिएका हुन्। यो सडक नौदेखि ११ मिटरसम्म फराकिलो बनाइएको छ।

images
images

चितवन- नारायणगढ-मुग्लिन सडकखण्डका ११ वटा पुल सञ्चालनमा आएका छन्। मुग्लिन बजार नजिकको खहरे, नाम्चे, कालिखोला र तुइनखोला पुलबाहेक अन्य पुल सञ्चालनमा आएका हुन्।

images
images

निर्माण भइरहेका चार पुलमा तीनवटाको पहुँच सडक निर्माणको काम जारी छ। नाम्चे, कालिखोला र खहरेखोलामा निर्माण भएका पुलको पहुँच सडक निर्माणको काम भइरहेको नागढुंगा-मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ-मुग्लिन)का इन्जिनियर कृष्ण आचार्यले बताए।

images
images

इन्जिनियर आचार्यका अनुसार पहुँच सडक निर्माण भइरहेका पुलमध्ये नाम्चे र कालिखोलाको पुल असार मसान्तभित्र सञ्चालनमा ल्याउने गरी काम गरिएको छ। खहरेखोलामा निर्माण गरिएको पुलका लागि पहुँच सडक निर्माण गर्न अग्लो पर्खाल उठाउनुपर्ने भएकाले केही समय लाग्ने उनले बताए। तुइनखोलाको पुल निर्माणको काम ६५ प्रतिशत सम्पन्न भएको उनले जानकारी दिए। उनले भने, 'तुइनखोलाको पुल निर्माणको कामअन्तर्गत जग उठाउने काम सम्पन्न भएको छ।'

images
images
images

तुइनखोला र खहरेखोलाको पुल निर्माणको काम कात्तिक मसान्तभित्र सक्नेगरी भइरहेको उनले जानकारी दिए। यस सडकखण्डमा १९ वटा पुल छन्। जसमध्ये विसं २०७६ चैत १० गते १५ वटा पुल निर्माणका लागि ठेक्का सम्झौता भएको थियो।

विश्व बैंकको सहयोगमा ती पुल निर्माण गरिएका हुन्। सडक चौडा भएपछि पुलको काम थालिएको हो। यो सडक नौदेखि ११ मिटरसम्म फराकिलो बनाइएको छ। रासस


प्रकाशित : शुक्रबार, चैत ३० २०८०११:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend