शनिबार, साउन १२ गते २०८१    
images
images
images

बैशाखमा ब्याजदर अझै घट्यो, १ वर्ष अवधिको मुद्दतीमा ६ देखि ७ प्रतिशतसम्म ब्याज पाइने

images
शुक्रबार, चैत ३० २०८०
images
images
बैशाखमा ब्याजदर अझै घट्यो, १ वर्ष अवधिको मुद्दतीमा ६ देखि ७ प्रतिशतसम्म ब्याज पाइने

एभरेष्ट बैंकले भने चैत महिनाकै मुद्दती निक्षेपको व्याजदरलाई वैशाखमा पनि निरन्तरता दिएको छ। यस बैंकले १ वर्ष अवधिसम्मको साधारण मुद्दती निक्षेपमा ६.५ प्रतिशत व्याजदर दिने घोषणा गरेको छ।

images

काठमाडौं- बैशाख महिनामा पनि वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर घटाएर सार्वजनिक गरेका छन्। एक पटकमा १० प्रतिशतसम्म मात्रै ब्याजदर घटबढ गर्न पाउने राष्ट्र बैंकको नियन्त्रित व्यवस्थानुसार ब्याजदर घटाउँदै सार्वजनिक गरेका छन्। 

images
images

बैशाख महिनाका लागि इन्भेष्टमेन्ट मेघा बैंकले ३ महिनादेखि ६ महिना अवधिको मुद्दती निक्षेपको ब्याजदर ५.५ प्रतिशत र ६ महिनादेखि १ वर्ष अवधि साधारण मुद्दतीको ब्याजदर ६ प्रतिशत निर्धारण गरेको छ। यस बैंकले १ वर्षदेखि २ वर्षसम्मको मुद्दती निक्षेपमा ६.५ प्रतिशत ब्याजदर दिने भएको छ। यस्तै संस्थागत मुद्दती निक्षेपको ब्याजदर यस बैंकले ५ प्रतिशत तोकेको छ।

images

नेपाल बैंक लिमिटेडले २ वर्षसम्मको साधारण मुद्दती निक्षेपमा ५.७५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ। यस बैंकले चैतमा १ वर्षसम्मको साधारण मुद्दती निक्षेपको ब्याजदर ६ प्रतिशत निर्धारण गरेको थियो।

एभरेष्ट बैंकले भने चैत महिनाकै मुद्दती निक्षेपको ब्याजदरलाई बैशाखमा पनि निरन्तरता दिएको छ। यस बैंकले १ वर्ष अवधिसम्मको साधारण मुद्दती निक्षेपमा ६.५ प्रतिशत ब्याजदर दिने घोषणा गरेको छ।

images

बैशाखका लागि माछापुच्छ्र बैंकले ३ महिनादेखि ६ महिनाको मुद्दती निक्षेपमा ६.७५ प्रतिशत र ६ महिनादेखि १ वर्षसम्मको मुद्दती निक्षेपमा ६.२५ प्रतिशत ब्याजदर दिने भएको छ।
 
सिद्धार्थ बैंकले ६ महिनासम्मको मुद्दती निक्षेपमा ६.२५ प्रतिशत र ६ महिना देखि १ वर्षसम्मको साधारण बचतमा ६.७५ प्रतिशत ब्याजदर दिने घोषणा गरेको छ।

ग्लोबल आइएमई बैंकले पनि बैशाखका लागि ब्याजदर घटाएको छ। यस बैंकले चैतमा १ वर्षसम्मको मुद्दती निक्षेपमा ७.६ प्रतिशत दिएकोमा बैशाखमा घटाएर ७ प्रतिशत कायम गरेको छ। १ वर्ष अवधिको मुद्दती निक्षेपमा ६ प्रतिशत र सोभन्दा कम अवधिको मुद्दतीमा ५.५ प्रतिशत ब्याजदर दिने घोषणा गरेको छ। 

सानिमा बैंकले ३ महिनासम्मको मुद्दती निक्षेपमा ५.७५ प्रतिशत, १ वर्षभन्दा बढी अवधिको मुद्दती निक्षेपमा ६.५० प्रतिशत र १ वर्षभन्दा बढी अवधिको मुद्दती निक्षेपमा ७ प्रतिशत ब्याजदर निर्धारण गरेको छ। 

चैतमा मुद्दती निक्षेपको ब्याजदर बढाएको एनआईसी एसिया बैंकले बैशाखका लागि भने घटाएको छ। यस बैंकले ३ महिना अवधिको मुद्दती निक्षेपको ब्याजदर ७ प्रतिशत, ३ महिनादेखि १ वर्ष अवधिको मुद्दती निक्षेपको ब्याजदर ७.१० प्रतिशत र सो भन्दा बढी अवधिको ब्याजदर ७.७५ प्रतिशत निर्धारण गरेको छ।

यस्तै कृषि विकास बैंकले ३ महिने साधारण मुद्दती निक्षेपको ब्याजदर ४.२५ प्रतिशत, ६ महिना अवधिको ४.५५ प्रतिशत र ६ महिनादेखि १ वर्ष अवधिको मुद्दती निक्षेपको ब्याजदर ५.२५ प्रतिशत निर्धारण गरेको छ।

एनएमबि बैंकले ६ महिनादेखि ९ महिना अवधिको मुद्दती निक्षेपमा  ४.५० प्रतिशत,९ महिनादेखि १ वर्ष अवधिको मुद्दती निक्षेपमा ४.७५ प्रतिशत,१ वर्षदेखि २ वर्ष अवधिको मुद्दती निक्षेपमा ५ प्रतिशत र २ वर्षदेखि ५ वर्ष अवधिको मुद्दती निक्षेपमा ६.५ प्रतिशत र ५ वर्षभन्दा बढी अवधिको साधारण मुद्दती निक्षेपमा ७.७९ प्रतिशत ब्याजदर निर्धारण गरेको छ। 

प्राइम कमर्सियल बैंकले साधारण मुद्दती निक्षेपमा ६.२५ प्रतिशतदेखि अधिकतम ७.१० प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ। राष्ट्रिय वाणिज्य बैंकले ३ महिनादेखि ५ वर्षसम्मको मुद्दती निक्षेपको ब्याजदर ६.५५ तोकेको छ।

नेपाल एसबिआई बैंकले साधारण मुद्दती निक्षेपमा न्युनतम ४.५ प्रतिशतदेखि बढी समय अवधिका लागि ६.५३ प्रतिशतसम्म ब्याजदर तोकेको छ। प्रभु बैंकले १ वर्ष अवधिको मुद्दती निक्षेपको ब्याजदर ६.५ प्रतिशत दिने भएको छ। 

समय अवधिका आधारमा यस बैंकले न्युनतम ६ प्रतिशतदेखि ७.५० प्रतिशतसम्म ब्याजदर तोकेको छ। हिमालयन बैंकले १ वर्षदेखि ५ वर्ष अवधिको मुद्दती निक्षेपमा ६ प्रतिशत ब्याजदर दिने घोषणा गरेको छ।

समय अवधिका आधारमा यस बैंकले बैशाखका लागि न्युनतम ३.२५ प्रतिशतदेखि ७.५० प्रतिशतसम्म ब्याजदर तोकेको छ। स्टाण्डर्ड चार्टर्ड बैंकले ३ महिनादेखि १ वर्षभन्दा कम अवधिको मुद्दती निक्षेपमा ४.७५ प्रतिशत र १ वर्षभन्दा बढी अवधिको मुद्दती निक्षेपमा ५ प्रतिशत ब्याजदर तोकेको छ।

यस बैंकले ५ वर्ष अवधिसम्मको मुद्दती निक्षेपमा ७ प्रतिशत र रेमिट्यान्स मु्द्दती बचतमा ८ प्रतिशत ब्याज दिने घोषणा गरेको छ।लक्ष्मी सनराइज बैंकले ३ महिनादेखि १ वर्षभन्दा कम अवधिको साधारण मुद्दती वचत ६.५० प्रतिशत र सो भन्दा बढी अवधिको मुद्दती निक्षेपमा ७ प्रतिशत ब्याज दिने भएको छ।

कुमारी बैंकले साधारण मुद्दती निक्षेपमा न्युनतम ६.५१ प्रतिशतदेखि अधिकतम ७.११ प्रतिशतसम्म ब्याज दिने भएको छ। नविल बैंकले ३ महिनादेखि १ वर्ष अवधिको मुद्दती निक्षेपको ब्याजदर ६.२५ प्रतिशत घोषणा गरेको छ। १ वर्षभन्दा बढी अवधिको मुद्दती निक्षेपमा  बैंकले ७.२५ प्रतिशत ब्याज दिने भएको छ।


प्रकाशित : शुक्रबार, चैत ३० २०८००९:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend