बुधबार, वैशाख १९ गते २०८१    
images
images

अब रातभर जागा हुनेछ ठमेल र दरबारमार्ग, अर्थतन्त्र चलायमान बनाउने प्रयास

व्यवसायीको १२ वर्षको लबिङपछि सफलतातर्फ

images
images
images
अब रातभर जागा हुनेछ ठमेल र दरबारमार्ग, अर्थतन्त्र चलायमान बनाउने प्रयास
images
images

काठमाडौं- पछिल्लो समय अर्थतन्त्र संकुचनमा छ। प्रत्येक क्षेत्रको व्यवसाय बढ्न सकेको छैन। नयाँ लगानी त परै जाओस् भएका लगानी पनि सुरक्षित गर्न नसक्ने अवस्था आएको भन्दै व्यवसायीहरू हारगुहार गर्दैछन्। 

images
images
images

यही सन्दर्भमा सरकारले व्यवसायीको १२ वर्षको लबिङपछि दरबारमार्ग र ठमेल क्षेत्र २४ सै घण्टा सञ्चालन गर्न दिने भएको छ। पहिलो पटक ट्रायलको रुपमा दरबारमार्ग र ठमेल क्षेत्रमा २४ घण्टा नै व्यवसाय चलाउन दिन लागिएको हो। त्यसपछि यो अभियान देशभर पुर्‍याउने तयारी सरकारको छ।

images

जसले गर्दा रात्रिकालीन व्यवसाय चलायमान हुनाले अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पार्ने बुझाइ सरकारको छ।

images

यो प्रयास सफल पार्न भने व्यवसायीलाई १२ वर्ष लागेको छ। २०७० सालमै ठमेल २४ घण्टा नै खुलाउने तयारी थियो। तर सुरक्षा संयन्त्रले सुरक्षाको कारण देखाउँदै अनुमति दिएनन्। अब भने ठमेल र दरबारमार्गमा सुनदेखि नुन र रेष्टुरेन्ट बारदेखि मलहरू रातभर जागै बस्ने छ।

images
images

ठमेलमा ८ हजार ५ सय व्यवसाय सञ्चालनमा छन् भने दरबारमार्गमा २ सय हराहारी रहेका छन्। नयाँ वर्ष २०८१ को पहिलो दिनदेखि नै ठमेल र दरबारमार्गमा पूर्णकालीन व्यवसाय सञ्चालन गर्न तयारी पूरा गरेकोसमेत व्यवसायीले जनाएका छन्। 

गृह प्रशासन, बागमती प्रदेश तथा काठमाडौं महानगरपालिका यी दुबै क्षेत्र २४ सै घण्टा खुला राख्न अनुमति दिएसँगै यी क्षेत्रका व्यवसायीले सेवा दिन तयार भएको घोषणा गरेका हुन्। ठमेल पर्यटन विकास परिषद् र दरबारमार्ग विकास बोर्डका अनुसार बैशाख १ गते साँझ ६ बजे गृहमन्त्री रवि लामिछानेमार्फत ठमेल र दरबारमार्ग पूर्णकालीन रूपमा सञ्चालन भएको औपचारिक उद्घाटन गर्ने कार्यक्रम छ। 

ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले ठमेलको आवासीय क्षेत्र भगवानबहालमा भने २४ सै घण्टा व्यवसाय सञ्चालन गर्न नपाइने जानकारी दिए। धेरै घरधनी तथा आवासीय क्षेत्र भएकाले यो ठाउँमा पूर्णकालीन व्यवसायलाई निषेध गरिएको हो।

ठमेल र दरबारमार्गका व्यवसायीले लामो समयदेखि यी क्षेत्रमा पूर्णकालीन व्यवसाय सुरू गर्ने माग राख्दै आएको भए पनि यसपटक गृहप्रशासनले सक्रियता देखाउँदा यो काम सम्भव भएको शर्माले उल्लेख गरे।

ठमेलको करिब २ वर्ग किलोमिटर क्षेत्रमा ८ हजार ५ सय व्यवसायी रहेको र ६० हजारले रोजगारी पाएको शर्माले बताए। ‘२४ सै घण्टा व्यवसाय सञ्चालन गर्दा रोजगारी बढ्नुका साथै आउने पर्यटकलाई पनि सहज हुने र थप स्वदेशी तथा विदेशी पर्यटक आकर्षित हुनेछन्,’ उनले भने, ‘व्यवसायीको संख्या बढ्नुका साथै राजस्व संकलन पनि बढ्नेछ।’

यस्तै दरबारमार्ग विकास बोर्डका संयोजक सञ्जय अधिकारी दरबारमार्ग क्षेत्रमा २ सय व्यवसायी सक्रिय रहेको बताए। उनका अनुसार व्यवसाय सञ्चालन हुँदा ६/७ हजारले रोजगारी पाएका छन्। राजा महेन्द्रको शालीकदेखि दरबारमार्ग संग्रालयसम्मको ७० मिटरमा रहेका व्यवसाय २४ सै घण्टा खुला हुनेछन्। ‘१२ वर्षदेखि दरबारमार्ग २४ सै घण्टा खुलाउन भन्दै आएका थियौँ,’ उनले भने, ‘अहिले सबै प्रक्रिया र सरकारले साथ दिएपछि सम्भव भएको छ ।’

यी क्षेत्रमा अहिले पनि रात्रिकालीन सेवा सुरु त छ, तर औपचारिक रूपमा घोषणा हुँदा स-साना रेस्टृुँरा, किराना पसलसमेत खुल्नेछन्,’ अधिकारीले भने, ‘जसले गर्दा आर्थिक गतिविधि चलायमान हुनुका साथै आन्तरिक र बाह्य पर्यटकलाई सहज हुनेछ।’

यसले आर्थिक मन्दीको चपेटामा परेको उद्योग व्यवसाय र शिथिल आर्थिक गतिविधिलाई चलायमान बनाउन सहयोग पुग्ने बताइएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले बनाएको आचारसंहिताबमोजिम कानूनको परिधिभित्र रहेर व्यवसाय चलाइने पनि उल्लेख गरिएको छ। 

images

प्रकाशित : शुक्रबार, चैत ३० २०८००५:४५

प्रतिक्रिया दिनुहोस