मंगलबार, वैशाख १८ गते २०८१    
images
images

उद्योगी-व्यवसायीप्रति संयमित बन्ने प्रयासमा प्रधानमन्त्री दाहाल

बिनाकारण उद्योगीलाई धरपकड नगर्न गृहमन्त्रीलाई निर्देशन

images
images
images
उद्योगी-व्यवसायीप्रति संयमित बन्ने प्रयासमा प्रधानमन्त्री दाहाल

लगानी सम्मेलनका विषयसहित अब व्यवसायीलाई गम्भीर अपराधिक विषय र भागेर जाने अवस्थामा बाहेक पक्राउ नगर्ने बुझाइ निर्माण गरे। प्रधानमन्त्रीले अर्थमन्त्री र गृहमन्त्री दुवैको धारणा लिएका थिए। दुवै मन्त्रीले लगानीमैत्री वातारण बनाउन सबै पक्ष मिलेर लाग्नु पर्नेमा जोड दिएका थिए।

images
images

काठमाडौं- सरकारले आगामी बैशाख १६ र १७ गते लगानी सम्मेलन आयोजना गर्दैछ। यस्तोमा व्यवसायीलाई सरकारले दु:ख दिएको भन्दै अन्तर्राष्ट्रियस्तरमै आलोचना हुन थालेपछि पछिल्लो समय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचन्ड संयमित हुने प्रयासमा देखिएका छन्।

images
images
images

सरकार तेस्रो लगानी सम्मेलनको तयारीमा छ तर उद्योगीलाई तर्साएर कस्तो सम्मेलन गर्न खोजिएको हो? भनेर निजी क्षेत्रले प्रश्न उठाइरहेको छ। उनीहरू सबैको मत ‘गलत भएको छ भने कारबाही नगर भन्ने होइन, व्यावसायिक वातावरण बिगारेर आतंक सिर्जना गर्नेगरी नभइ सही ढंगले अनुसन्धान गर’ भन्नेमा छ। सोही कारण पनि अहिले प्रधानमन्त्री दाहाल दातृ निकायसँगै स्वदेशी उद्योगी व्यवसायीलाई विश्वासमा लिन लागिरहेका छन्।

images

यसअघिका गृहमन्त्री नारायणकाजी श्रेष्ठका कारण धेरै उद्योगी व्यवसायीहरूमा भयको वातावरण सिर्जना भएको थियो। बाँसबारी छालाजुत्तादेखि बालुवाटारको विषयमा अनुसन्धान अघि बढाउन नभइ राजनीतिक मुद्दा बनाएर उद्योगीमाथि अनावश्यक धरपकड हुँदा अन्तर्राष्ट्रिय स्तरमा समेत नकारात्मक सन्देश प्रवाह भयो।

images

तत्कालीन गृहमन्त्री श्रेष्ठले व्यवसायी अरुण चौधरीलाई पक्राउ गर्दा त व्यवसायिक क्षेत्र नै तरगिंत बनेकाे थियो। व्यवसायीहरूले उद्योगी चौधरीको पक्राउलाई लिएर व्यवसायीमाथिको धरपकड जारी राखे लगानी सम्मेलन नै बहिष्कार गर्नेसम्मको चेतवानी दिए। त्यसको केही सातामै सत्ता गठबन्धनमा उथलपुथल भयो। 

images
images

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने नयाँ गृहमन्त्री बने। नयाँ अर्थमन्त्रीको रुपमा वर्षमान पुन भित्रिए। त्योसँगै निजी क्षेत्र झनै सशंकित बनेको थियो। गृहमन्त्रीको रुपमा लामिछाने आउनेवित्तिकै उनले उद्योगपति तथा सांसद विनोद चौधरीलाई बयानमा बोलाउन लगाए। भलै चौधरीमाथि धरपकड भने भएन।

यता अर्थमन्त्री पुनसँग भेट्ने हरेक दातृ निकायका प्रतिनिधिहरूले सकारको निजी क्षेत्रप्रतिको धारणाका बारेमा बारम्बार चासो राखे। लगानी गरेपछिको प्रतिफल लैजाने मात्रै होइन निजी क्षेत्रमैत्री वातावरणका विषयमा समेत चासो राखे। योसँगै प्रधानमन्त्री दाहाल र अर्थमन्त्री पुनबीच गम्भीर वार्ताहरू भए। 

प्रधानमन्त्री दाहालले लगानीको वातावरण थप बिग्रन नदिन सचेत रहन अर्थमन्त्री पुनलाई पटक-पटक निर्देशन दिए। सोही कारण पनि अर्थमन्त्री पुनले मन्त्री भएपश्चात सयौँ व्यवसायीसँग धारणा मागी रहे। यही बीचमा अर्थमन्त्री पुनकै प्रस्तावमा प्रधानमन्त्री दाहाल र गृहमन्त्री लमिछानेसहितको बैठक बस्यो। सोही बैठकमा झन्डै तीन घण्टा प्रधानमन्त्री कार्यालयमा छलफल भएको थियो।

लगानी सम्मेलनका विषयसहित अब व्यवसायीलाई गम्भीर अपराधिक विषय र भागेर जाने अवस्थामा बाहेक पक्राउ नगर्ने बुझाइ निर्माण गरे। प्रधानमन्त्रीले अर्थमन्त्री र गृहमन्त्री दुवैको धारणा लिएका थिए। दुवै मन्त्रीले लगानीमैत्री वातारण बनाउन सबै पक्ष मिलेर लाग्नु पर्नेमा जोड दिएका थिए। 

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार गृहमन्त्री लामिछानेले पनि व्यवसायीमाथि दबाब बढाउने पक्षमा आफू नभएको प्रधानमन्त्रीलाई बताएका थिए। ‘गम्भीर विषयबाहेकमा धरपकड नगरौँ भन्ने प्रधानमन्त्रीको चासोमा सकारात्मक छु,’ गृहमन्त्री लामिछानेको भनाइ उदृत गर्दै प्रधानमन्त्री कार्यालय स्रोतले भन्यो। 

अनुसन्धानको दायरामा ल्याइयो, समातिँदै, बयान हुँदै भन्नेजस्ता विषयमा होहल्ला गरेर व्यवसायीमाथि भय सिर्जना गर्नाले लगानीको थप वातावरण बिग्रन सक्ने भन्दै प्रधानमन्त्रीको चर्को आलोचना भएपछि उनले अर्थमन्त्री र गृहमन्त्री राखेर छलफल गरेको प्रधामन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ। गृहमन्त्री लामिछानेले यसअघि माओवादीबाट गृहमन्त्री रहेका श्रेष्ठकै नक्कल गर्न सक्ने जोखिम बढेपछि पछिल्लो समय प्रधानमन्त्री सक्रिय भएका हुन्। 

अर्थमन्त्रीले पनि सकारात्मक सन्देशका लागि बढाए सक्रियता

अर्थमन्त्री पुनले पछिल्लो समय लगानी सम्मेलन केन्द्रित छलफल तीव्र पारेका छन्। सोही कारण पनि नेपाली उद्योगीलाई सकारात्मक बनाउन अर्थमन्त्री पुन लागिपरेका छन्। गतसाता नेपाल उद्योग परिसंघका प्रतिनिधिसँग पनि अर्थमन्त्री पुनले निजी क्षेत्रको गिरेको मनोबल उठाउन लागिपरेको बताएका थिए। सरकार लगानीको सुरक्षा गर्न प्रतिबद्ध रहेकाले ढुक्क भएर लगानी गर्न उद्योगी-व्यवसायीलाई आग्रह गरेका थिए। 

मन्त्री पुनले प्रधानन्त्री दाहालले आफू र उपप्रधान तथा गृहमन्त्री लामिछानेलाई सँगै राखेर व्यावसायिक वातावरण बनाउन निर्देशन दिएको जानकारी पनि दिएका थिए। सोही अभिव्यक्तिबाट पनि व्यवसायी सकारात्मक बनेका छन्।

बिना कारण थुन्ने र दु:ख दिनेभन्दा पनि मिहीन छानबिनपछि मात्रै मुद्दा र अन्य प्रक्रियामा लैजानु पर्नेमा व्यवसायी एकमत छन्।

‘प्रधानमन्त्रीज्यूले म र गृहमन्त्रीलाई सँगै राखेर उद्योगी व्यवसायीलाई राज्यका निकायहरूले तर्साउनु भएन भन्नुभएको छ,’ अर्थमन्त्री पुनले नेपाल उद्योग वाणिज्य महासंघको ५८ औँ साधारणसभा बोल्दै बुधबार भनेका थिए, ‘हामी निजी क्षेत्रलाई अपिल गर्न चाहन्छौँ कि अभिभावकीय भूमिकामा रहेको सरकारले कसैलाई आतंकित बनाउने काम गर्दैन।’ 

अर्थमन्त्री पुनले आरोप लाग्दैमा नआत्तिन आग्रह गर्दै आरोप प्रमाणित हुने तथ्य नभएसम्म व्यवसायीलाई पक्राउ गरेर नथुन्ने वातावरण बनाइने विश्वास दिलाएका थिए। ‘आरोप लाग्दैमा कसैलाई पनि दोषी करार गर्न मिल्दैन,’ उनले भने, ‘गम्भीर अपराध गरेका बाहेकलाई सरकारले अनावश्यक हस्तक्षेप गर्दैन।’

मन्त्री पुनले तेस्रो लगानी सम्मेलनमा सक्रिय सहभागिता जनाउन र विदेशी लगानीकर्तालाई नेपाल ल्याउने वातावरण बनाउने काममा लाग्न उद्योगी-व्यवसायीलाई अपिल पनि गरे। 

images

प्रकाशित : शुक्रबार, चैत ३० २०८००२:२०

प्रतिक्रिया दिनुहोस