सोमबार, वैशाख २४ गते २०८१    
images
images

ईभीको आत्मा अर्थात बीएमएस

images
images
images
ईभीको आत्मा अर्थात बीएमएस
images
images

हामी सबैले कुनै न कुनै रुपमा एक वा त्याभन्दा बढी उपकरण प्रयोग गरिनै रहेका हुन्छौँ। यी सबै उपकरणहरू या मेकानिकल हुन् या त विद्युतीय। 

images
images
images

हरेक विद्युतीय उपकरण चल्नका लागि पावर अर्थात ऊर्जा चाहिन्छ। विद्यतीय उपकरणमा त्यो ऊर्जाको स्रोत ब्याट्री नै हो। ब्याट्री मुख्यगरी दुई प्रकारका हुन्छन्, रिचार्जेवल र नन-रिचार्जेवल।

images

ब्याट्रीको सञ्चालनलगायत त्यसको सम्पूर्ण जानकारी दिने प्रणालीको विकास भएको छ त्यो हो बीएमएस अर्थात ब्याट्री म्यानेजमेन्ट सिस्टम।

images

के हो बीएमएस?

images
images

बीएमएस त्यो प्रणाली हो जुन रिचार्जेवल ब्याट्री विशेषगरी लिथियम आयन ब्याट्री प्रयोग भएको उपकरणमा राखिएको हुन्छ। यो प्रणालीले ब्याट्रीको मोनिटर र कार्यसम्पादनको बहुआयामिक पक्षको विश्लेषण गर्छ। जस्तो कि चार्जिङ, डिसचार्जिङ, सेलको भोल्टेज, प्याकको भोल्टेज, तपाक्रमसहित ब्याट्रीको समग्र स्वास्थ्यबारे जानकारी गराउँछ। कथमकदाचित ब्याट्रीमा कुनै थर्मल फल्ट देखियो भने बीएमएसले संकेत दिइहाल्छ। 

बीएमएसले ब्याट्रीबाट हुनसक्ने जोखिमबाट पूर्णतः सुरक्षा दिन्छ र ब्याट्री अप्रेसनमा निश्चिन्तता दिनुका साथसाथै ब्याट्रीको लाइफ बढाउन पनि मद्दत गर्छ। 

बीएमएसले कसरी काम गर्छ भन्ने थाहा पाउन यहाँ केही व्याख्या गरिएको छ। विद्युतीय सवारीका लागि बीएमएस आवश्यक पर्छ किनकि यसमा ‘एन’ नम्बर अफ सेलहरू हुन्छन्। जुन डिजाइनको आवश्यकताका आधारमा बनाइएको हुन्छ। ब्याट्रीमा भएका सेलहरू सिरिज वा प्यारालल फर्ममा राखिएको हुन्छ।

जसले सवारीको तौल सन्तुलन मिलाउन सहज हुन्छ। उदाहरणका लागि ६० किलोवाटआवरको ब्याट्री प्याक र ४० किलोवाट आवरको ब्याट्रीमा फरक हुन्छ। यो ब्याट्री प्याकको डिजाइनमा निर्भर हुन्छ जहाँ एउटामात्र बीएमएस हुने वा मास्टर बीएमएसका सहायक बीएमएस हुने।

bms.PNG

बीएमएसको काम के हो? 

बीएमएसको मुख्य काम भनेको निश्चित इमपुटका आधार आवश्यक आउटपुट दिनु हो। यो सफ्टवेर वा अल्गोरिदमका आधारित हुन्छ जो बीएमएसमा प्रोग्राम गरिएको हुन्छ। 

भोल्टेज- सेल र ब्याट्री प्याकको बारेमा 

तापक्रमबारेको जानकारी- सेलको तापक्रम र बाह्य तापक्रम तथा प्याकको तापक्रम बारे 

करेन्ट- ब्याट्री प्याकबाट करेन्ट प्रवाहको जानकारी 

बीएमएसले डिजाइन गरिएको अल्गोरिदममा आधारित भएर प्रवाहको जानकारी दिन्छ। प्रवाह मुख्यगरी यी कुराहरू हुन्छन् :

एसओसी (स्टेट अफ चार्ज)- स्टेट अफ चार्जले ब्याट्रीमा कति पावर वा ऊर्जा छ र ब्याट्रीको कुल क्षमताका आधारमा कति प्रतिशत बाँकी छ भन्ने जानकारी दिन्छ। जुन कुरा गाडीको इन्स्ट्रुमेन्ट प्यानलमा सजिलो गरि देखाइदिन्छ।  

एसओएच (स्टेट अफ हेल्थ)- यो डेटाले ब्याट्रीको क्षमता कति छ भनेर देखाउँछ। जुन नयाँसँग तुलना गरेर तत् समयको तथ्य दिन्छ।

समस्याको संकेत- यो डेटाले सवारीको प्रणालीमा के समस्या भएको छ सोही अनुसार संकेतका रुपमा जानकारी दिन्छ र यसलाई मेमोरिमा राख्छ।  

बीएमएसका अन्य सुरक्षा विशेषताहरू

सेलहरूको सन्तुलन- बीएमएसले ब्याट्रीमा भएका हरेक सेललाई सन्तुलित रुपमा चार्ज गराउने र डिसचार्ज गराउने काम गर्छ। जसका कारण अधिक चार्ज वा डिसचार्ज नहुने समस्या कुनै पनि सेलमा हुँदैन। यो प्रणालीले समग्रमा ब्याट्रीको स्वास्थ्य र लाइफ बढाउन सहयोग गर्छ। 

सुरक्षाको मोनिटरिङ- बीएमएसले अनवरत रुपमा ब्याट्रीको मोटिर गरिरहेको हुन्छ। यसो गर्दा ब्याट्रीमा समस्या देखिए वा अन्यथा कम गरे तत्काल जानकारी मिल्छ र सम्भावित जोखिम रोकिन्छ। यो भनेको सुरक्षाको अधिकतम् उपाय हो। यदी समस्या देखियो भने बीएमएसले ब्याट्री प्याकलाई तत्काल बन्द गरिदिन्छ र जोखिम टर्छ। 

थर्मल म्यानेजमेन्ट- बीएमएसले ब्याट्रीको तापक्रमलाई संयमित भएर हेरिरहेका हुन्छ। जसका कारण ब्याट्रीका लागि आवश्यकता अनुसार सुरक्षित तामक्रममा राख्न कुलिङ वा हिटिङ सिस्टम सञ्चालन गरिदिन्छ। यो प्रणालीमा धुवाँ आएको समेत थाहा व्यवस्था गरिएको हुन्छ।

ब्याट्रीमा केही खराबी वा अस्वभाविक गतिविधि भएको बीएमएसले थाहा पाउने वित्तिकै सुरक्षाका उपयहरू अबलम्बन गरिहाल्छ। यो कुरा विद्युतीय सवारी चलाउनेले पनि कन्ट्रोल प्यानलमा बीएमएसले पठाएपछि थाहा पाइहाल्छन्। 

कम्युनिकेसन वीथ भेहिकल- बीएमएसले ब्याट्रीसहित सवारीमा भएका अन्य प्रणालीसँग पनि नियमित जानकारी लिइरहेको हुन्छ। सीएएन(कन्ट्रोल एरिया नेटवर्क) प्रोटोकलहरू जस्तो कि मोटर कन्ट्रोलर, भेहिकल कन्ट्रोल युनिट(भीसीयू) र चार्जिङ सिस्टमहरूले आफ्नो परिधिभित्र रहेर काम गरिरहेका छन् वा छैनन् तथा सुरक्षित छन्/छैनन् भन्ने पनि जनकारी दिन्छ। 

निष्कर्ष

सारांशको रुपमा भन्दा ब्याट्री म्यानेजमेन्ट सिस्टम (बीएमएस) विद्युतीय सवारीको महत्वपूण पाटो हो। यसले व्यवस्थापन, सुरक्षा कवच र हाइ भोल्टेज ब्याट्रीको निरन्तर मोटिर गरिरहेको हुन्छ। विद्युतीय सवारीमा बीएमएसको महत्व र कसरी काम गर्छ भन्ने बुझ्नु अनिवार्य सर्त हुन्छ। यो बुझाइले प्राविधिक जटिलतालाई धेरै हदसम्म सम्बोधन गरेर विद्युतीय सवारीको व्यवहारअनुसार सहजल सञ्चालनमा योगदान गर्छ। 

images

प्रकाशित : शनिबार, वैशाख १ २०८११२:००

प्रतिक्रिया दिनुहोस