काठमाडौं- सिप्रदी ट्रेडिङ प्रालिले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट माग भएबमोजिम ट्राफिक प्रहरीहरुलाई विद्युतीय गाडी दुर्घटनापछि गरिने व्यवस्थापन तालिम प्रदान गरेको छ।
तालिममा विद्युतीय गाडीसम्बन्धी जानकारी, सुरक्षाका उपायहरु र दुर्घटना भएको अवस्थामा अपनाउनुपर्ने सावधानीहरुका बारेमा विस्तृत रुपमा जानकारी गराइएको थियो।
यही चैत्र ५ गते, १३ गते, १९ गते र २३ गते आयोजना भएको उक्त कार्यक्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट ६० जना ट्राफिक प्रहरीहरु सहभागी भएका थिए।
तालिमपश्चात सिप्रदी ट्रेडिङ प्रालिका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ तथा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरिक्षक जीवनकुमार श्रेष्ठले तालिममा सहभागी ट्राफिक प्रहरीहरुलाई प्रमाणपत्र प्रदान गरेका थिए।
साथै यस कार्यक्रममा सहभागी भइ विद्युतीय गाडी दुर्घटनापछि गरिने व्यवस्थापन तालिम प्राप्त गरेका ट्राफिक प्रहरीहरुलाई सिप्रदीकातर्फबाट शुभकामना दिएका थिए।