सोमबार, असार २३ गते २०८२    
सोमबार, असार २३ २०८२
images
images

बासस्थानमै चिडियाखाना निर्माण हुँदै

images
बिहीबार , चैत २९ २०८०
images
images
बासस्थानमै चिडियाखाना निर्माण हुँदै

यहाँ सदर चिडियाखाना निर्माणको काम सुरु भएको छ। पर्सा राष्ट्रिय निकुञ्जले वीरगञ्ज महानगरपालिका–३१ को सोलखपुर र वडा नम्बर ३२ स्थित रामराम वनमा चिडियाखाना निर्माणको काम अघि बढाएको हो।

images
images

वीरगञ्ज- यहाँ सदर चिडियाखाना निर्माणको काम सुरु भएको छ। पर्सा राष्ट्रिय निकुञ्जले वीरगञ्ज महानगरपालिका–३१ को सोलखपुर र वडा नम्बर ३२ स्थित रामराम वनमा चिडियाखाना निर्माणको काम अघि बढाएको हो।

images
images

पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने अपेक्षासहित चिडियाखाना निर्माण थालिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र खतिवडाले बताए। ‘चिडियाखाना निर्माण हुने ५० हेक्टर क्षेत्रफलमा अहिले बार लगाउने काम भइरहेको छ’, उनले भने, ‘यसका साथै परामर्शदाता नियुक्त गरेर चिडियाखानाको विस्तृत परियोजना प्रतिवेदन तयारीको काम अघि बढेको छ’, ‘डिपीआर’ तयार भएलगत्तै चिडियाखानाको भौतिक संरचना निर्माण थालिने उनले बताए। 

images
images

चिडियाखाना निर्माणका लागि करिब रु तीन अर्बभन्दा बढी बजेट आवश्यक पर्ने र डिपीआर तयार भएपछि स्रोतको खोजी गरी निर्माणलाई प्राथमिकताका साथ अगाडि बढाइने उहाँले जानकारी दिए। चिडियाखाना पर्सा राष्ट्रिय निकुञ्जले निर्माण गर्ने र वीरगञ्ज महानगरपालिकाले त्यसलाई सञ्चालन गर्नेगरी सम्झौता भएको प्रमुख संरक्षण अधिकृत खतिवडाले बताए। 

images
images
images

चिडियाखाना स्थापनाको लागि वीरगञ्ज महानगरपालिकाको वडा नं ३१ को सोलखपुर वडा नं ३२ को रामवन क्षेत्रमध्ये वीरगञ्ज महानगरपालिका वडा नं ३२ को रामवन क्षेत्रमा पर्ने सवैया साझेदारी वन उपभोक्ता समूहले आफ्नो साझेदारी वन क्षेत्रमा चिडियाखाना स्थापनाका लागि सहमति दिएको छ। 

सवैया साझेदारी वनको पूर्व सिमानामा पर्ने प्रस्तावित चिडियाखानाको क्षेत्रफल ५० हेक्टर रहेको घाँस बुट्यान क्षेत्रले ३९ दशमलव ४ हेक्टर, सघन क्षेत्रले ७ दशमलव ५ र अतिक्रमण क्षेत्रले ३ दशमलव १ हेक्टर ओगटेको छ। उष्ण साल वन क्षेत्र रहेको सो वनमा मुख्य प्रजाति साल, कर्मा छभने कहिलेकहीँ घुमन्ते बाघ देखिने त्यस क्षेत्रमा चित्तल, खरायो, दुम्सी, वन बिरालो, पुट्के बँदेल, चौँका, सुगा, मैना, गरुड र सारस पनि पाइन्छन्। 

उक्त क्षेत्रमा घस्रिने कृमिवर्गका गोमन, अण्डा खाने सर्प र मुसा खाने सर्प पनि पाइने भएकाले यहाँ चिडियाखाना बनाउन उपयुक्त हुने संरक्षण अधिकृत खतिवडाको कथन छ। 
रासस


प्रकाशित : बिहीबार , चैत २९ २०८०११:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend