आइतबार, भदौ २३ गते २०८१    
images
images

बैंकहरूले अब कर्जाको ब्याजदर कर्जा अवधिमा बढाउन नपाउने

images
बिहीबार , पुस १ २०७८
images
images
बैंकहरूले अब कर्जाको ब्याजदर कर्जा अवधिमा बढाउन नपाउने
images
images

काठमाडौं- नेपाल राष्ट्र बैंकले कर्जा अवधिभर कर्जाको ब्याजदर परिवर्तन गर्न नपाउने व्यवस्था गरेको छ। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई कर्जा अवधिभर कर्जाको ब्याजदर पुनरावलोकन नगर्न निर्देशन दिएको हो। बिहीबार निर्देशन जारी गर्दै बैंकहरूलाई ऋण दिएपछि ऋणको ब्याजदर बीचमा परिवर्तन गर्न नपाउने व्यवस्था गरेको हो। 

images
images
images

राष्ट्र बैंकले कर्जा अवधिभर परिवर्तन नहुने गरी प्रवाहित कर्जामा ऋणीसँगको लिखित सहमतिमा पहिलो पटक ७ वर्षमा र तत्पश्चात प्रत्येक ५ वर्षमा ब्याजदर पुनरावलोकन गर्न सकिने व्यवस्था गरेको हो। यसबाहेक अन्य जुनसुकै कारणबाट यस्ता कर्जाको ब्याज परिवर्तन गर्न नपाइने व्यवस्था गरेको हो। 

इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाले धितोको रुपमा ग्राह्य हुने सम्पत्तिको मूल्याङ्कन गराउँदा मूल्याङ्कनकर्ताले कुनै स्वार्थ नबाझिने गरी वा पूर्वाग्रह नराखी स्वतन्त्र रुपमा, अन्तर्राष्ट्रिय मान्यता र असल अभ्यासहरू समेतका आधारमा धितोको मूल्याङ्कन गरेको यकीन हुनुपर्ने समेत व्यवस्था गरेको छ। 

कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) तोकिएभन्दा बढी भएमा बैंक तथा वित्तीय संस्थाहरूले २०७९ असार मसान्तभित्र तोकिएको अनुपात कायम गरिसक्नु पर्ने पनि राष्ट्र बैंकको निर्देशन छ।  

images

२०७९ असार मसान्तसम्ममा यस अनुपातलाई निर्धारित सीमाभित्र कायम गर्न आवश्यक कार्ययोजना सञ्चालक समितिबाट स्वीकृत गराउनुपर्ने समेत व्यवस्था गरेको छ। 


प्रकाशित : बिहीबार , पुस १ २०७८१२:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend