सोमबार, असार २३ गते २०८२    
सोमबार, असार २३ २०८२
images
images

सुरक्षित आन्तरिक रोजगारी पहिलो प्राथमिकतामा : श्रममन्त्री अर्याल

images
बुधबार, चैत २८ २०८०
images
images
सुरक्षित आन्तरिक रोजगारी पहिलो प्राथमिकतामा : श्रममन्त्री अर्याल

'सरकारले अनुमति दिएर सञ्चालन भएका निजी क्षेत्रलाई सरकारले नै संरक्षण गरी प्रोत्साहित गर्नुपर्छ', उनले भने।

images
images

काठमाडौं- श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले सुरक्षित आन्तरिक रोजगारीलाई मन्त्रालयले पहिलो प्राथमिकतामा राखेको बताएका छन्।

images
images

‘डेमोक्रेसी मिडिया नेटवर्क’ले आज काठमाडौंमा आयोजना गरेको ‘श्रम बजार, आप्रवास र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा मन्त्री अर्यालले देश बन्नका लागि मुलुकभित्रै रोजगारी सृजना हुनुपर्नेमा जोड दिए। उनले रोजगारी सृजना गर्न निजी क्षेत्रलाई संरक्षणसहित प्रोत्साहन गर्नुपर्ने बताए।

images
images

'सरकारले अनुमति दिएर सञ्चालन भएका निजी क्षेत्रलाई सरकारले नै संरक्षण गरी प्रोत्साहित गर्नुपर्छ। निजी क्षेत्र बलियो भएपछि नै आन्तरिक रोजगारी वृद्धि हुन्छ', मन्त्री अर्यालले भने, 'त्यसैले निजी क्षेत्रसँग सहकार्य गरी अगाडि बढ्न मन्त्रालय सधैँ तयार छ।'

images
images
images

आन्तरिक रोजगारीका लागि मन्त्रालयले तालिमलाई जोड दिएको उहाँको भनाइ थियो। 'मन्त्रालय अन्तर्गत भैँसेपाटीमा राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान छ। त्यहाँ हामीले ६ महिनाभन्दा कम अवधिको तालिम प्रदान गर्ने योजना बनाएका छौँ। त्यस्तै, शिक्षा मन्त्रालयअन्तर्गत रहेको सीटीईभीटीसँग पनि समन्वय गरी हरेकलाई सीप सिकाउनुपर्छ भन्नेमा हामी छौँ', उनले भने।

आगामी दिनमा कोही वैदेशिक रोजगारीमा जान चाहे पनि सीप सिकेर मात्रै जानुपर्ने अवस्थाको सृजना गर्ने कार्यमा बहस चलाउन मन्त्री अर्यालले सबैलाई आग्रह गरे। रासस


प्रकाशित : बुधबार, चैत २८ २०८०१७:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend