सोमबार, असार २३ गते २०८२    
सोमबार, असार २३ २०८२
images
images

आयोजनाको मेसिन बिग्रिएपछि खानेपानीको सुविधाबाट वञ्चित शुक्लाफाँटाका स्थानीय

images
बुधबार, चैत २८ २०८०
images
images
आयोजनाको मेसिन बिग्रिएपछि खानेपानीको सुविधाबाट वञ्चित शुक्लाफाँटाका स्थानीय

समयमै मेसिन मर्मत नहुँदा टाढाबाट पानी ल्याएर पिउने व्यवस्था मिलाउनु परेको स्थानीयले गुनासो गरेका छन्।

images
images

कञ्चनपुर- एक सातादेखि खानेपानी आयोजनाको मेसिन बिग्रिएपछि शुक्लाफाँटा नगरपालिका-४ का बासिन्दा खानेपानीको सुविधाबाट वञ्चित भएका छन्। बिग्रिएको मेसिन मर्मतका लागि प्राविधिकको समयमै व्यवस्था मिलाउन नसक्दा स्थानीय खानेपानीको सेवाबाट वञ्चित भएका हुन्।

images
images

समयमै मेसिन मर्मत नहुँदा टाढाबाट पानी ल्याएर पिउने व्यवस्था मिलाउनु परेको स्थानीयले गुनासो गरेका छन्।

images
images

पिपलाडी स्वास्थ्य चौकीमा पुग्ने बिरामी, स्वास्थ्यकर्मीलगायत पनि खानेपानीको व्यवस्था नहुँदा समस्यामा परेको स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी वसन्त धामीले बताए। एक सातादेखि खानेपानी आपूर्ति नहुँदा हेण्डपम्पबाट बाल्टिनमा पानी भरेर ट्यांकीमा राख्दै आएको उनको भनाइ छ।  

images
images
images

'खानेपानीको मेसिन बिग्रएको छ', धामीले भने, 'अहिलेसम्म मर्मत नहुँदा निकै सास्ती खेप्दै आएका छौँ। शुद्ध पिउने पानीको आपूर्ति नहुँदा विकल्पका रुपमा असुरक्षित हेण्डपम्पको पानी पिउँदै आएका छौँ।'

खानेपानी व्यवस्थापन समितिका अध्यक्ष शिवलाल ऐरले शुक्रबारदेखि खानेपानीको आपूर्तिमा समस्या देखिएको बताए।

'प्राविधिकले विद्युत् आपूर्तिमा समस्या देखिएको छ भनेपछि पावर आपूर्ति ठिक गर्ने कार्य गर्‍यौँ', उनले भने, 'त्यसपछि पनि मेसिन सञ्चालनमा आउन सकेन, स्थानीय प्राविधिकले समस्या समाधान गर्न नसकेपछि नजिकैको झलारी बजारबाट प्राविधिक ल्याएर पनि समस्या समाधान हुनसकेको छैन।' 

पानी ट्यांकीमा पुर्‍याउने विद्युतीय मोटरमा खराबी आएको हो वा तार सर्ट भएर यस्तो भएको भन्नेबारे अझैसम्म प्राविधिकले पत्ता लगाउन नसकेको अध्यक्ष ऐरले बताए। 'समस्या समाधानका लागि कैलालीको धनगढीबाट प्राविधिक मगाएका छौँ', उनले भने, 'एक/दुई दिनमा समस्या समाधान गरी पानी आपूर्ति गर्छौँ।'

विसं २०७४ मा दातृ निकायको ४३ लाख रूपैयाँको लागतमा खानेपानी आयोजना निर्माण भएको थियो। आयोजनाबाट दुई सय २५ उपभोक्तालाई पानी आपूर्ति हुँदै आएको छ। खानेपानीको ट्यांकीको क्षमता दुई हजार पाँचसय लिटर रहेको छ। रासस


प्रकाशित : बुधबार, चैत २८ २०८०१७:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend