बुधबार, माघ २३ गते २०८१    
बुधबार, माघ २३ २०८१
images
images

ईभीको विस्तार : प्यासेन्जर कारमा पहिलो बनेको टाटा, बेन्चमार्क बनाएको बीवाईडी र सदाबहार एमजी

बिक्री संख्या बढाउँदै अन्य ब्रान्ड

images
शनिबार, वैशाख १ २०८१
images
images
ईभीको विस्तार : प्यासेन्जर कारमा पहिलो बनेको टाटा, बेन्चमार्क बनाएको बीवाईडी र सदाबहार एमजी

सन् २०२२ को तुलनामा २०२३ मा विद्युतीय कारको आयात उल्लेख्य रुपमा बढेको छ। विद्युतीय कारको आयात वार्षिक रुपमा ५७ प्रतिशतले वृद्धि भएको तथ्यांकले देखाएको छ।

images
images

काठमाडौं- विद्युतीय सवारीले अहिले लिइरहेको बजार केही वर्षअघिसम्म नै पनि धेरैको कल्पनामा थिएन। व्यापक अनुसन्धान र प्रयोगहरू भइरहँदा नेपाली बजार डर र अन्योलमा गुज्रिरहेको थियो। विस्तारै विश्व बजारमा भएको सफल प्रयोगहरूपछि त स्वीकार्यताका हिसाबले नेपाल अग्रणीमध्यकै एक बनिसकेको छ।

images
images
images

विद्युतीय सवारीलाई लिएर जति पनि प्रश्नहरू उठे त्यसको समाधानमा भरपर्दो जवाफको खोजी हुँदै यो अघि बढिरहेको छ। यसैले त यहाँ विद्युतीय सवारीको बजार रोचक बन्दै गइरहेको छ। नयाँ-नयाँ ब्रान्ड आउने क्रम बढेको छ भने संख्यात्मक वृद्धिले ब्रान्डहरूबीच प्रतिस्पर्धा पनि चुलिँदै गएको छ।

images
images

सरकारले विद्युतीय कार आयातमा पेट्रोलियम कारको तुलनामा कर सहुलियत दिएको, पेट्रोलियम कारमा वित्तीय सहजता कम भएको, आम उपभोक्तामा बढ्दै गएको वातावरणमैत्री सवारीको चाहनालगायत कारणले पनि विद्युतीय गाडी बिक्रीको ग्राफ अग्लिँदै गएको छ।

images
images
images

सन् २०२३ मा नेपाली बजारमा ६ हजार ७ सय ६२ वटा विद्युतीय कार आयात भएको तथ्यांक छ। जबकि २०२२ मा २ हजार २ सय ४० वटामात्र विद्युतीय कार आयात भएको थियो।

विद्युतीय कारप्रति उपभोक्ता आकर्षित हुँदै गएकाले डेढ दर्जन ब्रान्डका विद्युतीय कार २०२३ मा भित्रिएका छन् भने त्यसयता आधा दर्जनभन्दा बढी ब्रान्डका विद्युतीय कार आयात भइसकेको र आयात हुने क्रममा पनि रहेका छन्। अरु नयाँ ब्रान्डसमेत ल्याउन व्यावसायिक घरानाहरू दौडधुपमा देखिन्छन्।

नेपालमा आयात भएका अधिकांश विद्युतीय कार भारत र चीनबाट आएका हुन्। पछिल्लो तथ्यांकअनुसार धेरै विद्युतीय कार चीनबाट आयात भइरहेको छ।

२०२३ मा सबैभन्दा धेरै विद्युतीय कार टाटा मोटर्सको भित्रिएको छ। टाटाको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले सो वर्ष २ हजार ५ सय ५७ वटा विद्युतीय कार आयात गरेको छ। टाटाको नेक्सन ईभी, टिगोर ईभी र टियागो ईभी नेपाली बजारमा बिक्री भइरहेको छ।

२०२२ मा टाटाका १ हजार ४ सय ९७ वटा विद्युतीय कार आयात भएको थियो। वार्षिक रुपमा टाटाको विद्युतीय कार आयात वृद्धि ४५ प्रतिशत हाराहारीमा रहेको छ।

त्यस्तै २०२३ मा दोस्रो धेरै विद्युतीय कार आयात गर्ने ब्रान्ड बीवाईडी हो। संसारको सबैभन्दा धेरै विद्युतीय कार बिक्रेता कम्पनी बीवाईडीका २ हजार १ सय ७७ वटा विद्युतीय कार २०२३ मा नेपाल भित्रिएको हो। बीवाईडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंक प्रालिले २०२२ को तुलनामा २०२३ मा विद्युतीय कार आयातमा छलाङ नै मारेको छ।

२०२२ मा बीवाईडीका १ सय ४२ वटा विद्युतीय कार आयात भएको तथ्यांक छ। नेपालमा बीवाईडीका एटो थ्री, ई सिक्स र सिल कार रहेका छन्।

तेस्रो धेरै विद्युतीय कार आयात हुने ब्रान्ड मोरिस ग्यारेज (एमजी) हो। २०२३ मा एमजीका १ हजार १ सय २७ वटा विद्युतीय कार नेपाल भित्रिएको हो।

एमजीको नेपालका लागि आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्स प्रालिले २०२२ को तुलनामा २०२३ मा एमजीका विद्युतीय सवारीको आयात उल्लेख्य रुपमा बढाएको तथ्यांक छ।

२०२२ मा पारामाउन्टले एमजीका १ सय २४ वटा विद्युतीय कार भित्र्याएको थियो। हाल नेपाली बजारमा एमजीका जेडएस ईभी, एमजी फोर र कोमेट ईभी उपलब्ध छन्।

त्यस्तै २०२३ मा हुन्डाईका १ सय ८७ वटा विद्युतीय कार आयात भएको छ। २०२२ को तुलनामा हुन्डाईका विद्युतीय कार आयात भने घटेको छ। हुन्डाईको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले २०२२ मा भने ३ सय १७ वटा विद्युतीय कार आयात गरेको थियो। हुन्डाईका कोना ईभी र आयोनिक फाइभ नेपाली बजारमा उपलब्ध छन्।

चिनियाँ सवारी उत्पादक होजोनको सबब्रान्ड निटाको भी मोडल २०२३ मा २ सय ६५ वटा विद्युतीय कार आयात भएको छ। २०२२ मा भने निटा भी १ सय ४२ वटा आयात भएको तथ्यांक छ। होजोन निटाको नेपालका लागि आधिकारिक बिक्रेता सीजी मोटरले हालसम्म निटाको भी मोडलमात्र उपलब्ध गराएको छ।

२०२३ मा सेरेसका १ सय ७१ वटा विद्युतीय कार नेपाल भित्रिएको थियो। नाडा अटो शो २०२३ मा एमएडब्लू वृद्धिले सेरेस ब्रान्ड नेपाल भित्र्याएको थियो। हाल सेरेसका मिनि ईभी र सेरेस थ्री गरी दुई मोडल बिक्रीका लागि उपलब्ध छन्।

२०२३ मै फ्रेन्च ब्रान्ड सिट्रोनले पनि विद्युतीय कार नेपाल भित्र्याएको थियो। सो वर्ष सिट्रोका १ सय १४ वटा विद्युतीय कार आयात भएको हो। सिट्रोनका विद्युतीय कार सांग्रिला मोटर्सले नेपाल ल्याएको र सिट्रोनका ई सीथ्री ईभी बजारमा उपलब्ध रहेको छ।

यस्तै कियाका विद्युतीय कार विगत लामो समयदेखि नै नेपाली बजारमा उपलब्ध छन्। सरकारले कर बढाएका कारण २०२२ देखि कार आयात रोकिएको थियो तर २०२३ बाट भने कियाको नेपालका लागि आधिकारिक बिक्रेता कन्टिनेन्टल ट्रेडिङ प्रालिले कियाको ईभी सिक्स नेपाल भित्र्याएको हो।

त्यस्तै कियाले अन्य दुई/तीन वटा ईभी मोडल ल्याउने तयारी गरेको छ भने २०२३ मा कियाका ३१ वटा विद्युतीय कार नेपाल भित्रिएको हो।

यस्तै ग्रेटवाल मोटर्सको ओरा ०३ ईभी २०२३ मा ५६ वटा आयात भएको छ। ग्रेटवाल मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता भीजी इम्पेक्स प्रालिले एउटा मोडल ओरा ०३ ईभी बिक्री गरिरहेको छ।

यसका साथै टेस्लाको नेपालका लागि आधिकारिक बिक्रेता अरेट इन्टरनेसनल प्रालिले २०२२ र २०२३ मा १३/१३ वटा विद्युतीय कार नेपाल ल्याएको हो। टेस्लाको मोडल वाई र मोडल थ्री विद्युतीय कार बजारमा उपलब्ध ररेका छन्।

२०२२ मा ५० वटा आयात भएको निसान लिफ २०२३ मा आयात भएको छैन भने २०२३ अउडीको बिक्रेता काइरोस इन्टरनेसनलले ५ वटा, हेनरीका २०२२ र २०२३ मा क्रमशः १३ र १२ वटा, बीएमडब्लूको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी प्रिमियम मोटरले २०२३ मा १० वटा विद्युतीय कार आयात गरेको हो।

२०२३ मा सबै ब्रान्डका गरेर कुल ६ हजार ७ सय ६२ वटा विद्युतीय कार नेपाल आयात हुँदा सबैभन्दा धेरै बजार हिस्सा टाटा मोटर्सको ३८ प्रतिशत छ। दोस्रो धेरै बजार हिस्सा बीवाईडीको ३२ प्रतिशत छ। तेस्रो स्थानमा रहेको एमजीको १७ प्रतिशत बजार हिस्सा छ।

त्यस्तै निटा भीको बजार हिस्सा ४ प्रतिशत, हुन्डाई, सेरेसको समान ३ प्रतिशत, सिट्रोन ई सीथ्रीको २ प्रतिशत, ग्रेटवाल ओराको १ प्रतिशत र बाँकी बजार हिस्सा अन्य ब्रान्डको रहेको छ।

२०२२ को तुलनामा २०२३ मा विद्युतीय कारको आयात उल्लेख्य रुपमा बढेको छ। विद्युतीय कारको आयात वार्षिक रुपमा ५७ प्रतिशतले वृद्धि भएको तथ्यांकले देखाएको छ। यस्तोमा तथ्यांकले गरेको पुष्टिले नै आम उपभोक्ताको फेरिएको नजर स्पष्ट देखिन्छ। विद्युतीय सवारीप्रति विश्वास निरन्तर बढिरहेको छ।


प्रकाशित : शनिबार, वैशाख १ २०८१००:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend