सोमबार, वैशाख २९ गते २०८२    
सोमबार, वैशाख २९ २०८२
images
images

पोखरामा सुरु भयो 'सावर बञ्जी', प्रतिव्यक्ति शुल्क ६ हजार ५ सय

images
बुधबार, चैत २८ २०८०
images
पोखरामा सुरु भयो 'सावर बञ्जी', प्रतिव्यक्ति शुल्क ६ हजार ५ सय

पोखरामा पर्यटकको बसाइ लम्ब्याउनका लागि नयाँ पर्यटकीय गतिविधिका रुपमा सावर बञ्जी महत्वपूर्ण बन्ने अपेक्षा गरिएको छ।

images
images

गण्डकी- पर्यटन राजधानी पोखरामा नयाँ पर्यटकीय गतिविधिका रुपमा हाइग्राउण्ड एडभेन्चर्स नेपालले आजदेखि सावर बञ्जी शुभारम्भ गरेको छ।

images
images
images

पोखरा महानगरपालिका वडा नं २५ हेम्जामा विभिन्न साहसिक पर्यटकीय गतिविधि सञ्चालन गरिरहेकोमा कम्पनीले सावर बञ्जी पनि सञ्चालनमा ल्याएको संस्थाका निर्देशक तथा प्रमुख सञ्चालक अधिकृत दिनेश महर्जनले जानकारी दिए।

images
images

'हाइग्राउण्ड एडभेन्चर्स नेपालले सन् २०१२ देखि पोखरामा साहसिक पर्यटकीय प्रडक्टका रुपमा विभिन्न गतिविधि सञ्चालन सुरु गरेको हो', उनले भने, 'सुरुमा जीपलाइनमात्रै सुरु गरिएकोमा त्यसपछि बञ्जी, स्वीङ र एटिभिलगायतका प्रडक्ट थपिएको हो।'

images
images

साहसिक पर्यटकीय क्षेत्रमा यी गतिविधिको सञ्चालनले कुनै न कुनै रुपमा योगदान पुर्‍याएको उनले बताए।

सावर बञ्जी नेपालको पहिलो र एकमात्र भएको उल्लेख गर्दै निर्देशक महर्जनले यसमा रमाउन चाहने स्वदेशी तथा विदेशी पर्यटकले पानीको फोहरामा फरक अनुभव लिन पाउने बताए।

उनका अनुसार बञ्जीका क्रममा ८२ मिटर माथिबाट हामफालेका पर्यटक तल झरिसकेपछि पानीको फोहरामा रमाउन पाउनेछन्। यसका लागि आन्तरिक तथा बाह्य पाहुनाले प्रतिव्यक्ति ६ हजार पाँचसय रूपैयाँ तिर्नुपर्नेछ।

यो शुल्कमा भिडियो, फोटो र टिसर्ट पनि निःशुल्क उपलब्ध हुनेछ। एकदिनमा करिब ६० जना पर्यटकलाई सावर बञ्जीको अनुभव दिलाउन सकिने जनाइएको छ।

हाइग्राउण्ड एडभेन्चर्समा शरद गोल्छा, भरत गोल्छा, अभिनव चुरिवाल र दिनेश महर्जनले संयुक्त लगानी गरेका छन्। सावर बञ्जी सञ्चालन गर्नका लागि मात्र थप करिब ५० लाख रूपैयाँ लगानी गरेको कम्पनीले हालसम्म यहाँ करिब ५० करोड रूपैयाँ गरिसकेको जनाएको छ।

पर्यटन राजधानी घोषणा भएको पोखरा साहसिक पर्यटनको पनि आकर्षक गन्तव्य रहेको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ बताउँछन्। पोखरामा पर्यटकको बसाइ लम्ब्याउनका लागि नयाँ पर्यटकीय गतिविधिका रुपमा सावर बञ्जी विशेष महत्वपूर्ण बन्ने अपेक्षा लिइएको उनले बताए।

शुभारम्भका अवसरमा पर्यटनविज्ञ वासु त्रिपाठी, टान गण्डकी प्रदेशका अध्यक्ष धर्मराज पन्थी, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका बरिष्ठ अधिकृत कुन्दन मिश्र, नाट्टा गण्डकी प्रदेशका अध्यक्ष हरिराम अधिकारी, होटेल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीलगायतले पर्यटन राजधानी घोषित पोखरामा पर्यटकको बसाई लम्ब्याउनका लागि पर्यटकीय गतिविधि बढ्नु जरुरी रहेको धारणा राखे। सावर बञ्जी पोखराका पर्यटकीय गतिविधिमा अर्को महत्वपूर्ण उपलब्धि भएको बताउँदै उनीहरूले व्यवसायिक सफलताको शुभकामना व्यक्त गरे। रासस


प्रकाशित : बुधबार, चैत २८ २०८०१५:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend