काठमाडौं-समृद्धि फाइनान्स लिमिटेडले हकप्रद सेयर निष्कासनको अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डल २ः१ प्रतिशतका दरले हकप्रदको अनुमति दिएको हो।
फाइनान्सले १०० रुपैयाँ अंकित दरमा कुल २७ करोड २९ लाख ७० हजार ५ सय रुपैयाँ बराबर २७ लाख २९ हजार ७०५ कित्ता हकप्रदको जारी गर्ने स्विकृत पाएको हो।
कम्पनीले बीओके क्यापिटललाई बिक्री प्रवन्धकमा नियुक्त गरिसकेको छ। फाइनान्सको बिहिबार प्रतिकित्ता ५१९ रुपैयाँमा कारोबार भएको छ। फाइनान्सको ५४ करोड रुपैयाँ चुक्ता पुँजी रहेको छ।