सोमबार, असार २३ गते २०८२    
सोमबार, असार २३ २०८२
images
images

वायु प्रदूषण यस वर्षकै उच्च, डढेलो नियन्त्रण नभए अझै बढ्ने

images
बुधबार, चैत २८ २०८०
images
images
वायु प्रदूषण यस वर्षकै उच्च, डढेलो नियन्त्रण नभए अझै बढ्ने

'दिनानुदिन प्रदूषण बढिरहेको छ। एक्यूआई तीन सय पुगेपछि राज्यले आपतकालीन घोषणा गर्नुपर्ने हुन्छ।'

images
images

काठमाडौं- आज मुलुकको वायु प्रदूषण बढेर वर्षकै उच्च बिन्दुमा पुगेको छ। देशका विभिन्न स्थानमा भइरहेको वन डढेलोका कारण वायु प्रदूषण उच्च बिन्दुमा पुगेको हो।

images
images

‘एयर क्वालिटी इन्डेक्स’का अनुसार आज काठमाडौंको वायु गुणस्तर सूचकांक (एक्यूआई) दुई सय ६५ पुगेको छ। मंगलबार एक्यूआई दुई सय पुगेको थियो।

images
images

मुलुकका विभिन्न स्थानमा लागेको वन डढेलोसँगै वायु प्रदूषण अझै बढ्नसक्ने भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्। ‘एयर क्वालिटी इन्डेक्स’का अनुसार आज काठमाडौं विश्वको प्रदूषित सहरको सूचीमा पहिलो नम्बरमा सूचीकृत भएको छ।

images
images
images

वातावरण विभागका उपमहानिर्देशक तारादत्त भट्टले बढ्दो डढेलोसँगै उपत्यकामा प्रदूषण पनि ह्वात्तै बढेको बताए। उनले डढेलो नियन्त्रणका लागि सबै सरोकारवालाको समन्वय जरुरी रहेको बताए।

'दिनानुदिन प्रदूषण बढिरहेको छ। एक्यूआई तीन सय पुगेपछि राज्यले आपतकालीन घोषणा गर्नुपर्ने हुन्छ', उनले भने।

उनले वन डढेलो नियन्त्रण नभएसम्म प्रदूषण पनि बढ्दै जाने बताए। रासस


प्रकाशित : बुधबार, चैत २८ २०८०१३:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend