काठमाडौं- सरकारले चैत २९ गते बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
इस्लाम धर्मालम्बीहरुको पर्व ईद-उल फित्र (ईद) का दिन सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
गृह मन्त्रालयले सूचना प्रकाशन गर्दै नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार बिदा दिने निर्णय गरिएको जनाएको छ।
बैक तथा वित्तीय कम्पनीहरुले तेस्रो त्रैमासको त्रैमासको दवावका कारण अधिकांश शाखा खुला राख्ने छन्।