शनिबार, जेठ ५ गते २०८१    
images
images

आगलागीबाट दमकमा दुई करोडभन्दा बढीको क्षति

images
बुधबार, चैत २८ २०८०
images
images
आगलागीबाट दमकमा दुई करोडभन्दा बढीको क्षति

अस्पताल नजिक रहेको प्रेमबहादुर धिमालको घरबाट सल्केको आगो अन्य तीन घरमा फैलिँदा उक्त क्षति भएको हो।

images
images

दमक- दमकस्थित लाइफलाइन अस्पताल नजिक मंगलबार राति आगलागी हुँदा दुई करोडभन्दा बढीको क्षति भएको छ।

images
images
images

अस्पताल नजिक रहेको प्रेमबहादुर धिमालको घरबाट सल्केको आगो अन्य तीन घरमा फैलिँदा उक्त क्षति भएको हो। 

images

प्रहरी कार्यालय झापाका अनुसार धिमालको घरबाट सुरु भएको आगो अस्पतालको डायलसिस गराउने भवनमा फैलदा अस्पतालका उपकरण र अन्य सामाग्री नष्ट भएका छन्।

images
images

अस्पतालका अध्यक्ष डा. मुक्तिनाथ भट्टराईले डायलसिस मेसिन काम नलाग्ने भएकाले अस्पतालको डायलसिस सेवा पूर्ण बन्द भएको जानकारी दिए।

images
images

दमक नगरपालिका, कमल गाउँपालिका, पथरीशनिश्चरे नगरपालिका, उर्लाबारी नगरपालिकालगायत स्थानीय निकायका छ वटा वारुण यन्त्र, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयको सहयोगमा आगो निभाइएको थियो।

 लामखुट्टे भगाउन बालिएको अण्डा राख्ने ‘क्यारेट’बाट आगो सल्किएको स्थानीय एक महिलाले बताइन्। रासस


प्रकाशित : बुधबार, चैत २८ २०८०११:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend