सोमबार, वैशाख २९ गते २०८२    
सोमबार, वैशाख २९ २०८२
images
images

भोजपुरको किमालुङमा एक करोडको लागतमा सुविधासम्पन्न प्रसूतिसेवा भवन निर्माण

images
बुधबार, चैत २८ २०८०
images
भोजपुरको किमालुङमा एक करोडको लागतमा सुविधासम्पन्न प्रसूतिसेवा भवन निर्माण

भवन निर्माणसँगै सुत्केरी गराउन तथा स्वास्थ्य सेवा लिन छिमेकी जिल्ला संखुवासभा जानुपर्ने बाध्यताको अन्त्य भएको छ।

images
images

भोजपुर- भोजपुरको षडानन्द नगरपालिका-९ किमालुङमा सुविधासम्पन्न प्रसूतिसेवा भवन निर्माण भएको छ। जिल्लाको विकट यो गाउँमा एक करोड रूपैयाँ लागतमा भवन निर्माण गरिएको हो।

images
images
images

भवन निर्माणसँगै सुत्केरी गराउन तथा स्वास्थ्य सेवा लिन छिमेकी जिल्ला संखुवासभा जानुपर्ने बाध्यताको अन्त्य भएको छ। भवनमा आवश्यक उपकरण पनि जडान गरिएको छ।

images
images

अब स्वास्थ्य सेवा लिन सहज भएको स्थानीय वीरबहादुर तामाङले बताए। 'यो दुर्गम ठाउँमा सुविधासम्पन्न स्वस्थ्य भवन बनेको छ, सेवा लिन सङ्खुवासभा जानुपर्ने बाध्यत्मक अवस्थाको अन्त्य भएको छ। अब राज्यले आवश्यक जनशक्ति व्यवस्थापनमा ध्यान दिन आवश्यक छ', उनले भने।

images
images

यो भवनबाट षडानन्द नगरपालिका वडा नं १०, ९, ८ र ३ का स्थानीयलाई प्रत्यक्ष लाभ पुग्ने वडाध्यक्ष निमा शेर्पाले बताए। नेपाल हेल्पिङ एजुकेसन फाउण्डेसन अफ नेपालको अनुदानमा एक करोड रूपैयाँ लागतमा केन्द्र स्थापना गरिएको हो। भवन निर्माणमा  जर्मनीका दुई र स्वीटजरल्याण्डको एउटा संस्थाको सहयोग रहेको उनले जानकारी दिए।

नवनिर्मित सात कोठाको भवनमा आवश्यक सम्पूर्ण आधुनिक  उपकरण जडान गरिएको फाउण्डेसनका प्रबन्धक रामकुमार तामाङले बताए। 'करिब एक करोड रूपैयाँ लागतमा भवनसँगै आवश्यक उपकरण जडान गरेका छौँ, यहाँ आवश्यक पर्ने जनशक्ति षडानन्द नगरपालिकाले व्यवस्थापन गर्ने सम्झौता गरेका छौँ। यहाँ शल्यक्रिया गरेर सुत्केरी गराउन सक्ने उपकरण जडान गरिएको छ। यससँगै अन्य स्वास्थ्य सेवा पनि प्रवाह गर्न सकिन्छ', उनले भने।

सम्झौताअनुसार जनशक्तिको व्यवस्थापन गरिने नगरपालिका प्रमुख सुरेन्द्रकुमार उदासले बताए। नवनिर्मित भवनलाई सरकारको स्वामित्वमा ल्याएर जनशक्ति व्यवस्थापनसँगै सञ्चालन गरिने उनले बताए। भवन निर्माण गर्न स्थानीय सुवास तामाङले निःशुल्क एक रोपनी जग्गा प्रदान गरेका हुन्। उनकै आमा पाक्तुरी मायाको नामबाट भवनको नामकरण गरिएको छ। रासस


प्रकाशित : बुधबार, चैत २८ २०८०११:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend