सोमबार, वैशाख २९ गते २०८२    
सोमबार, वैशाख २९ २०८२
images
images

तनहुँमा सातवटा पक्की पुल तयार

images
बुधबार, चैत २८ २०८०
images
तनहुँमा सातवटा पक्की पुल तयार

निर्माणाधीन पुलका लागि २२ करोड ७५ लाख रूपैयाँ बजेट विनियोजन भएकामा तीन करोड २६ लाख २१ हजार रूपैयाँ खर्च भएको छ।

images
images

तनहुँ- गण्डकी प्रदेश सरकारबाट बजेट विनियोजन भएर तनहुँमा गत र चालु आर्थिक वर्षमा गरी सातवटा पक्की पुल निर्माण सम्पन्न भएका छन्। गत आवमा पाँच र चालु आवमा दुई गरी सातवटा मोटरेबल पुल बनेका हुन्।

images
images
images

त्यस्तै ११ वटा पक्की पुल निर्माणाधीन  रहेका पूर्वाधार विकास कार्यालय तनहुँका इन्जिनियर धनमाया मिश्रले जानकारी दिइन्। निर्माणाधीन पुलका लागि २२ करोड ७५ लाख रूपैयाँ बजेट विनियोजन भएकामा तीन करोड २६ लाख २१ हजार रूपैयाँ खर्च भएको छ। चालु आवमा ऋषिङ गाउँपालिका-५ रुपाटारस्थित लुम्दीखोलामा ३० लाखको लागतमा पुल निर्माण सम्पन्न भएको छ। त्यस्तै म्याग्दे गाउँपालिकास्थित बेलसोती मार्गको म्याग्दे खोलामा ३० लाख रूपैयाँको लागतमा अर्को पुल बनाइएको छ। 

images
images

गत आवमा ५० लाखको लागतमा भिमाद नगरपालिका-८ र शुक्लागण्डकी नगरपालिका-८ र शुक्लागण्डकी नगरपालिका-८ जोड्ने क्याङ्दीखोलामा ५० लाख, ऋषिङ-४ र ५ जोड्ने रुपाटार जोड्ने ज्वालाखोलामा ३० लाखमा, घिरिङ गाउँपालिका-४ नयाँटारमा तिरम्दीखोलामा ३० लाख, घिरिङ गाउँपालिका-१ द्रुपद खोलामा ३० लाख र आँबुखैरेनी गाउँपालिका-३ र ४ सिउदीखोलामा ५० लाखमा पुल बनेका हुन्।

images
images

इन्जिनियर मिश्रका अनुसार चालु आवमा निर्माणाधीनमध्ये आँबुखैरेनी गाउँपालिका-२ र ३ जोड्ने खहरेखोलामा ७५ लाख विनियोजन गरिएको छ। दमौली बिसेघरे झापुटारस्थित सेती नदीमा चार करोडको लागतमा पुल निर्माणाधीन छ।

शुक्लागण्डकी नगरपालिका-५ र ८ जोड्ने सेती नदीमा तीन करोड रूपैयाँ, बन्दीपुरस्थित खुदीखोलामा एक करोड रूपैयाँ, व्यास नगरपालिका-११ स्थित बुल्दीखोलामा एक करोड ५० लाख रूपैयाँ, शुक्लागण्डकी नगरपालिका-१० र भिमाद नगरपालिका-८ जोड्ने क्याङ्दीखोलामा एक करोड ५० लाख रूपैयाँ, म्याग्दे गाउँपालिका-४ मिन मावि पछाडि म्याग्देखोलामा एक करोड ७० लाख रूपैयाँको लागतको पुल निर्माणाधीन छ।

यसैगरी, भिमाद नगरपालिका-३ बुडुवाखोलामा रु ४० लाख, भिमाद नगरपालिका-५ स्थित बुडुवाखोलामा एक करोड रूपैयाँ, भिमाद नगरपालिका-१ डुम्रीवेँसीमा एक करोड ४० लाख रूपैयाँ र बन्दीपुर गाउँपालिका-१ र भानु नगरपालिका-१ जोड्ने तल्लो डुम्रेमा ५० लाख रूपैयाँको लागतमा पुल बनिरहेको छ। रासस


प्रकाशित : बुधबार, चैत २८ २०८०१०:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend