आइतबार, असार २२ गते २०८२    
आइतबार, असार २२ २०८२
images
images

नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा कमलेश अग्रवाल निर्विरोध निर्वाचित

images
मंगलबार, चैत २७ २०८०
images
images
नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा कमलेश अग्रवाल निर्विरोध निर्वाचित

दुई दशकदेखि चेम्बरमा आवद्ध अग्रवालको उद्योग वाणिज्य क्षेत्रमा ४० वर्ष लामो व्यावसायिक अनुभव रहेको छ।

images
images

काठमाडौं- नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा कमलेश अग्रवाल निर्विरोध निर्वाचित भएका छन्। काठमाडौंको जमलस्थित चेम्बर भवनमा भएको ७३ औँ वार्षिक साधारणसभाबाट अग्रवाल अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन्।

images
images

उनी यसअघि चेम्बरको वरिष्ठ उपाध्यक्ष थिए। दुई दशकदेखि चेम्बरमा आवद्ध अग्रवालको उद्योग वाणिज्य क्षेत्रमा ४० वर्ष लामो व्यावसायिक अनुभव रहेको छ। उनले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका छन्। 

images
images

निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले नवनिर्वाचित अध्यक्ष अग्रवाललाई कार्यभार हस्तान्तरण एवं शुभकामना व्यक्त गरेका छन्।

images
images
images

चेम्बरको नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा दिपक कुमार मल्होत्रा निर्विरोध निर्वाचित भएका छन्।

यस्तै वाणिज्यतर्फको उपाध्यक्षमा उर्मिला श्रेष्ठ, उद्योगतर्फ दीपक श्रेष्ठ, वस्तुगत संघतर्फ सुरेन्द्र कुमार श्रेष्ठ, द्विराष्ट्रियमा निलकण्ठ चौलागाईं र जिल्लातर्फको उपाध्यक्षमा सन्तोष कुमार पाण्डे निर्विरोध निर्वाचित भएका छन्।

७३ औँ वार्षिक साधारणसभाले अर्जुनप्रसाद शर्मालाई मानार्थ उपाध्यक्ष चयन गरेको छ।

७६ सदस्यीय चेम्बरको कार्यसमितिमा मनोनितबाहेक ५५ जना केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका छन्। 


प्रकाशित : मंगलबार, चैत २७ २०८०१८:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend