शुक्रबार, कात्तिक २ गते २०८१    
images
images

बजार सुरू हुनै लाग्दा प्रचण्डको विज्ञप्तीले फेरि घट्यो सेयर, किन लगानीकर्ता चिढ्याउँदै छन् प्रचण्ड?

images
बिहीबार , पुस १ २०७८
images
images
बजार सुरू हुनै लाग्दा प्रचण्डको विज्ञप्तीले फेरि घट्यो सेयर, किन लगानीकर्ता चिढ्याउँदै छन् प्रचण्ड?
images
images

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लगातार सेयर बजारविरुद्ध अभिव्यक्ति दिइरहँदा बजार ओरालो यात्रामा देखिएको छ।

images
images
images

साताको कारोबारको अन्तिम दिन बिहीबार ३७.८७ अंकले घटेर २३७६.७४ बिन्दुमा पुगेको छ। बिहीबार २ अर्ब ३० करोड रुपैयाँको कारोबार भएको छ।

सेयर बजार साम्राज्यवादको स्वरूप भएको भन्दै बिहीबार बिहानै तेस्रो पटक प्रचण्डले आफ्नो भनाइ दोहोर्याएका थिए। जसको असर सेयर बजारमा देखिएको छ। बिहीबार सबै समूहको सूचक घटेको छ।

images

बैंकिङ ५.६८, व्यापार ६४.६१, होटल तथा पर्यटन ४६.२१, विकास बैंक १५७.५, जलविद्युत् ८२.४१, वित्त ५६.२३, निर्जीवन बीमा २६४.६१, उत्पादन ८५.३६, अन्य ३९.६३, लघुवित्त ८१.०६, जीवन बीमा २६३.२१ र लगानी १.५३ अङ्कले ओरालो लागे।

images

कारोबारका आधारमा प्रभु बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु नौ करोड ४३ लाख ८६ हजार ७१७ बराबरको कारोबार भयो ।

नेपाल बङ्गलादेश बैंक रु सात करोड आठ लाख ४३ हजार ३००, समृद्धि फाइनान्स रु छ करोड ९५ लाख ७९ हजार, अपि पावर कम्पनी  ६ करोड ८७ लाख ३३ हजार ५ सय ६६ रुपैयाँ र नेशनल हाइड्रोपावर ६ करोड ५४ लाख ८५ हजार ६ सय ५२ रुपैयाँ बराबरको कारोबार भएर शीर्ष पाँचभित्र परेका छन्।

बिहीबार नेपाल बङ्गलादेश बैंकको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। स्वाभिमान लघुवित्त ५.३५, माउण्टेन इनर्जी ४.०३, कर्पोरेट डेभलपमेन्ट बैंक ४.०१ र मनकामना स्मार्ट लघुवित्तका लगानीकर्ताले  चार प्रतिशतले कमाए।

यस्तै ग्रीन लाइफ हाइड्रो ७.५९, मैलुङ खोला जलविद्युत् कम्पनी ७.५१, हिमालयन पावर पार्टनर ७.०७, नेपाल हाइड्रो डेभलपर ६.३२ र दिव्यश्वरी हाइड्रो पावरका शेयरधनीले ६.११ प्रतिशतले गुमाए। 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समेत प्रचण्डको भनाइको आलोचना गरेका थिए।

गत साता नै प्रचण्डले पछिल्लो समय पुँजीको लगानी उद्योग र उत्पादनका क्षेत्रमा हुन छाडेर पुँजी बजारमा लगानी हुनु साम्राज्यवादको विकसित रूप भएको बताएपछि सर्वत्र आलोचना भएको थियो। जसको सेयर लगानीकर्ताहरूले समेत विरोध जनाएका थिए।

प्रचण्डको भनाइको कटाक्ष गर्दै नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बुधबार प्रचण्डलाई अस्थिरताका संवाहक भएको भन्दै सेयर बजारबारेको अभिव्यक्ति पनि त्यसको अंग भएको बताएका थिए। ‘लेनिनले पुँजीवाद विकास भएर साम्राज्यवाद हुन्छ भनेका थिए। प्रचण्डले सेयर लगानीकर्ताले चन्दा नदिएपछि ध्वस्त पार्न त्यस्तो बोलेको' भन्दै ओलीले आरोप लगाएका थिए। 

प्रचण्डले बिहीबार बिहान विज्ञप्ति जारी गरी मार्क्सवाद र कम्युनिष्ट सिद्धान्तबाट कोसौं टाढा भागेका ओलीबाट आफूले भूमण्डलीकृत साम्राज्यवाद र वित्तिय एकाधिकार पुँजीवादबारे गरेको विश्लेषण माथि भएको टिप्पणीलाई दलाल पुँजीपति वर्गको एजेन्टको टिप्पणी भनेका छन्। प्रचण्डको विज्ञप्तीमा पुँजीवादको चरित्रबारे आफूलेले गरेको विश्लेषण सही रहेको दाबीसमेत गरेका छन्।  


प्रकाशित : बिहीबार , पुस १ २०७८०९:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend