आइतबार, भदौ २३ गते २०८१    
images
images

बुद्ध एयरको जहाजको इन्जिन फेल भएपछि...

images
बिहीबार , पुस १ २०७८
images
images
बुद्ध एयरको जहाजको इन्जिन फेल भएपछि...
images
images

काठमाडौं- बुद्ध एयरकाे जहाज भरतपुर विमानस्थलमा आकस्मिक अवतरण भएकाे छ।

images
images
images

भरतपुरबाट उडानकाे दुई मिनेटमै जहाजकाे बायाँ इन्जिन फेल भएपछि जहाज आकस्मिक अवतरण गरिएकाे हाे।

बुद्ध एयरको बीच क्राफ्ट  जहाजमा चालक दलका सदस्यसहित २२ जना थिए।

नागरिक उड्डयन प्राधिकरण भरतपुरका सूचना अधिकारी दिपक विकका अनुसार दिउँसो सवा १ बजे आकाशमा उड्नेवित्तिकै प्राविधिक समस्या देखिएको क्याप्टेनले जनाएपछि तत्काल भरतपुरमै अवतरण गरिएको हो। जहाज अवतरणपछि सबै यात्रु सकुशल बाहिर निस्किएका छन्। अन्य कारणका बारेमा खोजी भइरहेको उनले जानकारी दिए।

images

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक ओमप्रकाश अधिकारीले यात्रु र चालक दल सबै सकुशल रहेको बताएका छन्। कुनै समस्या हुनसक्ने भन्दै दमकल तयारी अवस्थामा राखिएको छ। यससँगै यहाँबाट हुने हवाई उडान प्रभावित भएको छ।


प्रकाशित : बिहीबार , पुस १ २०७८०८:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend