सोमबार, वैशाख २९ गते २०८२    
सोमबार, वैशाख २९ २०८२
images
images

पर्साको गुलरिया र पटेर्वामा आगलागी हुँदा १३ लाख रूपैयाँ बराबरको क्षति

images
मंगलबार, चैत २७ २०८०
images
पर्साको गुलरिया र पटेर्वामा आगलागी हुँदा १३ लाख रूपैयाँ बराबरको क्षति
फाइल तस्बिर

धोबिनी गाउँपालिका-३ गुलरियामा आज बिहान आगलागी हुँदा करिब नौ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ।

images
images

वीरगञ्ज- पर्साका छुट्टाछुटै स्थानमा आज बिहान आगलागी हुँदा करिब १२ लाख रूपैयाँ बराबरको क्षति भएको छ।

images
images
images

धोबिनी गाउँपालिका-३ गुलरियामा आज बिहान आगलागी हुँदा करिब नौ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ।

images
images

विद्युत् सर्ट भइ स्थानीय सुरेन्द्र पटेलको घरबाट सुरु भएको आगलागी  फैलिएर पटेलसहित स्थानीय फरिन्द्र पटेल, हनिफ मियाँ धोवी, मनिफ मियाँ धोवी, रवीन्द्र पटेल लगायतको घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ। 

images
images

आगलागीमा परी घरमा रहेको फर्निचर, लत्ताकपडा, भाँडाकुडा, अन्नपात, साइकललगायतका सम्पूर्ण सामान जलेर नष्ट भएको र सो  परिमाण बराबर क्षति भएको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक शम्भु विक्रम शाहले जानकारी दिए। पोखरिया नगरपालिकाको वारुणयन्त्र, नेपाल प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आएको स्थानीयले बताएका छन्। 

पर्साको पटेर्वा सुगौली गाउँपालिका-४ पटेर्वा टोलमा आज बिहान आगलागी हुँदा चार लाख मूल्य बराबरको क्षति भएको छ।

स्थानीय भागिरत महतो थारुको घरमा विद्युत सर्ट भइ आगलागी हुँदा घरमा रहेको चार क्विन्टल सुर्ती, फर्निचरलगायतका समान जल्दा सो परिमाणको क्षति भएको इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक रामराज केसरीले जानकारी दिए। रासस


प्रकाशित : मंगलबार, चैत २७ २०८०१५:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend