सोमबार, वैशाख २९ गते २०८२    
सोमबार, वैशाख २९ २०८२
images
images

लहानमा ८ करोड लागतमा ड्रेन बन्ने

images
मंगलबार, चैत २७ २०८०
images
लहानमा ८ करोड लागतमा ड्रेन बन्ने

ड्रेन निर्माणपछि नहरको दाँयाबाँया सडक र किनारमा बगैँचासमेत निर्माण हुनेछ। योजना एक वर्षभित्र पूरा हुने नगरपालिकाले जनाएको छ।

images
images

सिरहा- लहान नगरपालिकाले आठ करोड ५८ लाख रूपैयाँ लागतमा लहानको खुल्ला नहरमा ड्रेन निर्माण गर्ने भएको छ।

images
images
images

आज एक समारोहबीच नगर प्रमुख महेशप्रसाद चौधरीले ड्रेन निर्माण योजनाको शिलान्यास गरे। लहान बजार सुन्दर बनाउने नगरको योजना बमोजिम ड्रेन निर्माण गर्न चैत १९ गते निर्माण कम्पनीसँग सम्झौता भएको नगरप्रमुख चौधरीले जानकारी दिए।

images
images

'खुल्ला नहरले बजारक्षेत्र कुरुप बनाएको थियो। नहर व्यवस्थित नहुँदा बालबालिका र वृद्धवृद्धालाई आवतजावतमा जोखिम थियो, वर्षायाममा नजिकका घर जलमग्न हुने गरेका थिए,' उनले भने, 'सुन्दर लहान बनाउने परिकल्पना अब साकार हुनेछ।'

images
images

ड्रेन निर्माणपछि नहरको दाँयाबाँया सडक र किनारमा बगैँचासमेत निर्माण हुने उनले जानकारी दिए।

लहान बजारको उत्तरतर्फ वडा नं १०, ६, ७, ८ को ग्रामीण चोक हुँदै मारवाडी टोल, घण्टाघर, हुलाक चोक हुँदै दक्षिणतर्फ बहने दुई किलोमिटर लम्बाईको नहरमा ड्रेन बन्ने वडा न. ७ का अध्यक्ष राम अवतार शर्माले जानकारी दिए। उनका अनुसार ड्रेन निर्माणको ठेक्का सुलभ गुम्दा, पिपी जेभी कम्पनीले लिएको छ।

व्यवस्थित पक्की ड्रेन निर्माणले दुर्घटनाको जोखिम न्यूनीकरणका साथै लामखुट्टे आतंक नियन्त्रणमा सहयोग पुग्ने नगरपालिकाका सरसरफाइ संयोजक तथा वडा नं ८ का अध्यक्ष श्याम शाहले बताए।

योजना एक वर्षभित्र पूरा हुने नगरपालिकाले जनाएको छ। रासस


प्रकाशित : मंगलबार, चैत २७ २०८०१४:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend