सोमबार, वैशाख २९ गते २०८२    
सोमबार, वैशाख २९ २०८२
images
images

डिल्लीचौर जलविद्युत् आयोजना अवरुद्ध हुँदा जुम्लामा विद्युत् आपूर्ति बन्द

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, चैत २७ २०८०
images
डिल्लीचौर जलविद्युत् आयोजना अवरुद्ध हुँदा जुम्लामा विद्युत् आपूर्ति बन्द

विद्युत् अवरुद्ध हुँदा पातारासी पालिकाका-४, ५ र ६ वडाका करिब आठ सय घर विद्युत् सेवाबाट वञ्चित भएका छन् भने गाउँपालिका, वडासहित अन्य सरकारी निकाय, बैंक तथा वित्तीय संस्थालाई समस्या भएको छ।

images
images

जुम्ला- जुम्लाको डिल्लीचौर जलविद्युत् आयोजना अवरुद्ध हुँदा स्थानीयवासी अन्धकारमा बस्न बाध्य भएका छन्। विद्युत् उत्पादनका निम्ति जल प्रवाह हुने नहर पहिरोले भत्काएपछि बिजुली आपूर्ति बन्द भएको हो। 

images
images
images

२५ मिटर नहर पहिरोले भत्काएको छ। विद्युत् सहकारीका अध्यक्ष कृष्णबहादुर बुढाले भने, 'गत असारमा पहिरो गएपछि नहर चर्किएको थियो। त्यतिबेलादेखि नै नहर मर्मतको पहल भएको हो।'  

images
images

समयमै मर्मत नभएपछि यही २४ चैतदेखि पूर्ण रूपमा विद्युत् सेवा अवरुद्ध भएको उgले जानकारी दिए। भत्केको नहर मर्मत गर्न ६ लाख बजेट आवश्यक पर्ने प्राविधिकले बताएका अध्यक्ष बुढाले जानकारी दिए।

images
images

विद्युत् अवरुद्ध हुँदा पातारासी पालिकाका-४, ५ र ६ वडाका करिब आठ सय घर विद्युत् सेवाबाट वञ्चित भएका छन् भने गाउँपालिका, वडासहित अन्य सरकारी निकाय, बैंक तथा वित्तीय संस्थालाई समस्या भएको छ।

डिल्लीचौर विद्युत् आयोजनाको नहर मर्मत गर्न पालिकाबाट तीन लाख रुपैयाँ बजेट विनियोजन भएको छ। तत्काल नहर मर्मत गरेर विद्युत् आपूर्तिको पहल थालिएको पातारासी गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहराले बताए। रासस


प्रकाशित : मंगलबार, चैत २७ २०८०१०:२५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend