बिहीबार , वैशाख २० गते २०८१    
images
images

सशस्त्र प्रहरीको गोदाम आगलागी घटना : ९ सदस्यीय छानबिन समिति गठन

images
बिजनेस न्युज
images
images
सशस्त्र प्रहरीको गोदाम आगलागी घटना : ९ सदस्यीय छानबिन समिति गठन

सशस्त्र प्रहरी मुख्यालय हलचोकमा ठाउँ अभावका कारण अन्य आवश्यक बन्दोबस्तीका सामग्री उक्त गोदममै राख्ने गरिएको थियो।

images
images

काठमाडौं- काठमाडौंको चन्द्रागिरि नगरपालिका सतुङगलस्थित सशस्त्र प्रहरी बलको गोदाम घर (स्टोर) मा सोमबार भएको आगलागीको घटना छानबिन गर्न समिति गठन गरिएको छ।

images
images
images

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशिराज दाहालको नेतृत्वमा नेतृत्वमा ९ सदस्यीय छानबिन समिति गठन गरिएको सशस्त्र प्रहरीका प्रवक्ता एवं सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र खड्काले जानकारी दिएका छन्।

images

'के कारणले आगलागि भयो?, आगलागीबाट के कति क्षति भयो? सो विषयमा छानबिनका लागि सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकको नेतृत्वमा छानबिन समिति गठन भएको छ, समितिमा विज्ञ व्यक्तिहरु पनि भएकाले छानबिनपछि मात्रै एकिन कुरा भन्न सकिने छ' उनले भने।

images

हालको प्रारम्भिक अनुसन्धानअनुसार विद्युत् चुहावट भएर नै आगलागी भएको आँकलन गरिएको प्रवक्ता खड्काले बताए।

images
images

सशस्त्र प्रहरी मुख्यालय हलचोकमा ठाउँ अभावका कारण अन्य आवश्यक बन्दोबस्तीका सामग्री उक्त गोदममै राख्ने गरिएको थियो।

आगलागी भएपछि उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सोमबार नै घटनास्थलमा पुगी आगलागी र त्यहाँ राखिएका सामानबारे जानकारी लिनुका साथै आगलागीबारे जाँच गर्न निर्देशन दिएका थिए। 

images

प्रकाशित : मंगलबार, चैत २७ २०८००९:३४
प्रतिक्रिया दिनुहोस