सोमबार, वैशाख २९ गते २०८२    
सोमबार, वैशाख २९ २०८२
images
images

भारतको चार करोड सहयोगमा संखुवासभामा दिदिङ विद्यालयको भवन शिलान्यास

images
सोमबार, चैत २६ २०८०
images
भारतको चार करोड सहयोगमा संखुवासभामा दिदिङ विद्यालयको भवन शिलान्यास

'नेपाल-भारत विकास सहकार्य' अन्तर्गतको भारत सरकारको अनुदान सहयोग यस विद्यालयलाई आवश्यक अन्य सुविधासँगै दुईतले शैक्षिक तथा प्रशासनिक भवनको निर्माणमा उपयोग गरिने बताइएको छ।

images
images

काठमाडौं- नेपाल-भारत विकास सहकार्यअन्तर्गत भारत सरकारको ४ करोड २९ लाख आर्थिक सहयोगमा संखुवासभाको चिचिला गाउँपालिका-३ मा निर्माण हुने श्री दिदिङ आधारभूत विद्यालयको विद्यालय भवनको शिलान्यास भएको छ।

images
images
images

भारतीय राजदूतावास, काठमाडौंका प्रथम सचिव अविनाश कुमार सिंह र चिचिला गाउँपालिकाका अध्यक्ष पासाङ नुर्बु शेर्पाले  विद्यालय भवनको शिलान्यास गरेका हुन्।

images
images

'नेपाल-भारत विकास सहकार्य' अन्तर्गतको भारत सरकारको अनुदान सहयोग यस विद्यालयलाई आवश्यक अन्य सुविधासँगै दुईतले शैक्षिक तथा प्रशासनिक भवनको निर्माणमा उपयोग गरिने बताइएको छ। भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौताअन्तर्गत यस परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइनेछ र संखुवासभाको चिचिला गाउँपालिकामार्फत कार्यान्वयन गरिने जानकारी दिइएको छ।

images
images

कार्यक्रममा चिचिला गाउँपालिकाका अध्यक्षले प्राथमिकताका क्षेत्रमा नेपाली जनताको उन्नतिका लागि भारत सरकारले पुर्‍याउँदै आएको निरन्तर विकास सहयोगको प्रशंसा गरे।

संखुवासभाको चिचिला गाउँपालिकास्थित उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालयको नयाँ भवन उपयोगी हुनुका साथै यसले सिकाइका लागि राम्रो वातावरण सिर्जना गर्नुका साथै यस क्षेत्रको शिक्षाको विकासमा पनि योगदान पुर्‍याउने विश्वास लिइएको छ।

सन् २००३ यता नेपालका विभिन्न क्षेत्रमा ५५० वटा भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाइएका छन् र ४८८ वटा परियोजना सम्पन्न भइसकेका छन्। यी मध्ये कोशी प्रदेशका विभिन्न क्षेत्रमा ८५ वटा परियोजना रहेका छन् जसमा २ वटा परियोजना संखुवासभामा छन्।

यसका साथै भारत सरकारले स्वतन्त्रता दिवस र गणतन्त्र दिवसको अवसरमा नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थालाई ९ सय ७४ वटा एम्बुलेन्स र २ सय ३४ वटा स्कुल बस उपहारस्वरुप प्रदान गरिसकेको छ जसमध्ये कोशी प्रदेशलाई १४१ वटा एम्बुलेन्स र ३५ वटा स्कुल बस उपहारस्वरुप प्रदान गरिएको छ। यसमा १३ वटा एम्बुलेन्स र ३ वटा स्कुल बस संखुवासभा जिल्लालाई उपलब्ध गराइएको छ।

नजिकको छिमेकी भएको नाताले भारत र नेपालबीच व्यापक र बहुक्षेत्रीय सहकार्य रहेको छ। 


प्रकाशित : सोमबार, चैत २६ २०८०१६:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend