बिहीबार , वैशाख २० गते २०८१    
images
images

हेटौँडाको गुन्द्रुकले पायो सरकारी गुणस्तरको मान्यता

images
images
images
हेटौँडाको गुन्द्रुकले पायो सरकारी गुणस्तरको मान्यता

पहिलो चरणमा हेटौँडा बजारमा र दोस्रो चरणमा बाहिरी जिल्लामा गुन्द्रुकको बजारीकरण गर्ने उपहानगरको योजना छ।

images
images

मनहरी- हेटौँडामा उत्पादित गुन्द्रुकले सरकारी मान्यता प्राप्त गरेको छ। हेटौँडा-१२ घलेगाउँस्थित कञ्चनजंघा कृषि सहकारी संस्था लघु उद्यमी उद्योगले उत्पादन गरेको गुन्द्रुक प्रयोगका लागि सरकारी मान्यता प्राप्त भएको हो।

images
images
images

सो उद्योगले उत्पादन गरेको गुन्द्रुक प्रयोगका लागि उपयुक्त भएको भन्दै हेटौँडास्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले आज अनुज्ञापत्र प्रदान गरेको उपमहानगरपालिकामा आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ।

images

उपमहानगरको लगानीमा सञ्चालन गरिएको तालिमबाट उद्यममा लागेका साना व्यवसायीमध्ये गुन्द्रुक उद्योगले पहिलोपटक सरकारी गुणस्तरको मान्यता प्राप्त गरेको हो। 

images

उपमहानगर प्रमुख मीनाकुमारी लामाले यहाँ उत्पादन भएको गुन्द्रुकको बजारीकरणमा उपमहानगरपालिकाले सहयोग बताइन्। उद्यमी समूहलाई अनुज्ञा पत्र हस्तान्तरण गर्दै उनले हेटौँडा बजारसहित अन्य सम्भावना भएका क्षेत्रमा गुन्द्रुकको बजारीकरणका लागि सहयोग गर्ने प्रतिबद्धता जनाइन्। उनले पहिलो चरणमा हेटौँडा बजारमा र दोस्रो चरणमा बाहिरी जिल्लामा गुन्द्रुकको बजारीकरण गर्ने जानकारी दिइन्।

images
images

होटल व्यवसायी संघ मकवानपुरका अध्यक्ष दिलिश गोविन्द जोशीले जिल्लामा मासिक एक हजार दुई सय किलो गुन्द्रुक खपत हुने गरेको बताए। उनले होटलहरुले यहीँ उत्पादन भएको गुन्द्रक खपत गर्नेमा प्रतिबद्धता जनाए।

'सरकारी मान्यता प्राप्त भएपछि हामीले गुणस्तरका विषयमा शंका गर्नु परेन। अब जिल्लाका होटलहरुमा यहाँ उत्पादित गुन्द्रक प्रयोगमा समस्या छैन', उनले भने।

गुन्द्रुकले सरकारी मान्यता प्राप्त गरेसँगै बजारीकरणका लागि बाटो खुलेको छ। करिब चार महिना लामो अनुगमन र परीक्षणपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयबाट गुन्द्रुक प्रयोगका लागि अनुज्ञा पत्र प्राप्त भएको उपमहानगरपालिका उद्योग शाखाका प्रमुख हिमप्रसाद पौडेलले जानकारी दिए।

उपमहानगरपालिकाको एक लाख रूपैयाँ लगानीबाट सुरु अर्गानिक साग उत्पादनबाट बनाइएको गुन्द्रुकले अनुज्ञा पत्र पाउँदा आफूहरु निकै खुशी भएको उद्यमी समूहका अध्यक्ष चिनिमाया गुरुङले बताइन्।

'उपमहानगरले हामीलाई दिएको हौसलाले अहिलेको अवस्था आएको हो। उपमहानगरको सहयोग र सहकारीको ८० हजार रूपैयाँ ऋणबाट १५ कठ्ठा जमिन भाडामा लिएर सागखेती गरी गुन्द्रुक उत्पादन गरिएको हो', उनले भनिन्।

अनुज्ञा पत्रको अभावमा बजारीकरण गर्न नपाएको उनले बताइन् 'अनुज्ञा पत्रको अभावमा बजारीकरण गर्न नपाउँदा तीन लाख रूपैयाँ बराबरको गुन्द्रुक यत्तिकै थन्किएको थियो, अब सजिलो भएको छ', उनले भनिन्।

यस समूहमा हाल १२ जना छन्। समूहले गत असोजमा उपमहानगरपालिकासँग सम्झौता गरी मंसिरबाट गुन्द्रुक उत्पादन सुरु गरेको थियो। उद्योग शाखाको तथ्यांक अनुसार उपमहानगरले आठ सयभन्दा बढीलाई विभिन्न प्रकारका तालिम दिएपनि हाल दुई सय ६८ जना उद्यममा जोडिएको जनाएको छ। रासस

images

प्रकाशित : सोमबार, चैत २६ २०८००४:३६

प्रतिक्रिया दिनुहोस