काठमाडौं- नेपाली कांग्रेसको चौधौँ महाधिवेशनमा महामन्त्री पदमा हार्ने निश्चित भएपछि रक्षामन्त्री मिनेन्द्र रिजालले मन्त्री पदबाट राजीनामा दिएको घोषणा गरेका छन्।
महाधिवेशनमा महामन्त्री पदको प्रारम्भिक परिणामबाट हार निश्चित भएको भन्दै नैतिकताको आधारमा राजीनामा दिएको घोषणा गरेका छन्।
‘मैले प्रतिस्पर्धा गरेको महामन्त्री पदको प्रारम्भिक परिणामबाट नै स्पष्टरूपमा प्राप्त सन्देशलाई दृष्टिगत गर्दै रक्षामन्त्रीको पदबाट राजीनामा दिने निर्णय लिएको छु’ उनले लेखेका छन्।
अन्तिम परिणाम प्राप्त हुनासाथ सम्माननीय प्रधानमन्त्रीसमक्ष राजीनामा पेश गर्ने उनले सामाजिक सञ्जालमार्फत घोषणा गरेका छन्।