सोमबार, वैशाख २९ गते २०८२    
सोमबार, वैशाख २९ २०८२
images
images

अवैधरुपमा नेपाल बसिरहेका १० बंगलादेशीलाई अध्यागमनमा बुझाइयो

images
सोमबार, चैत २६ २०८०
images
अवैधरुपमा नेपाल बसिरहेका १० बंगलादेशीलाई अध्यागमनमा बुझाइयो

पक्राउ परेकाहरु भिसा सकिए पनि गैरकानूनीरूपले बसोबास गर्नुका साथै शंकास्पद गतिविधिमा संलग्न रहेको पाइएको छ।

images
images

काठमाडौं- भिसा सकिएर नेपालमा अवैधरुपमा बसिरहेका १० जना बंगलादेशी नागरिकलाई प्रहरीले पक्राउ गरी आइतबार अध्यागमन विभागमा बुझाएको छ।

images
images
images

विभिन्न मितिमा नेपाल प्रवेश गरी भिसा सकिए पनि गैरकानूनीरूपले बसोबास गर्नुका साथै शंकास्पद गतिविधिमा संलग्न रहेको सूचनाका आधारमा खोजतलास गर्दा १० जना बंगलादेशी नागरिक पक्राउ परेका थिए। 

images
images

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रविन्द्र रेग्मीका अनुसार प्रहरीको विशेष टोलीले काठमाडौंको सोह्रखुट्टे तथा ठमेल क्षेत्रबाट गैरकानूनी तवरले बसिरहेका उनीहरुलाई नियन्त्रणमा लिएको थियो।

images
images

पक्राउ पर्नेमा मोहम्मद अनिशुर रहमान, मोहम्मद अब्दुल्ला, मोहम्मद इमाउल हसन, मोहम्मद हाफिज रहमान, सजिव हसन, सैफुल इस्लाम, मोहम्मद विलल हसन, मोहम्मद सलिम, मोहम्मद नासिर उद्दीन र मोहम्मद एसिन खान रहेका छन्।

एसपी रेग्मीले पक्राउ परेका उनीहरुलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि आज अध्यागमन विभाग, कालिकास्थान पठाइएको बताए। यसअघि पनि यसैगरी शंकास्पद गतिविधि गरिरहेको पाइएपछि प्रहरीले पाँच जना बंगलादेशी नागरिकलाई पक्राउ गरी अध्यागमनलाई बुझाइएको थियो।

पछिल्लो समयमा बंगलादेशी नागरिकलाई युरोप पठाउने भन्दै नेपालमा ल्याएर बन्धक बनाउने तथा अवैधरुपमा नेपाल बस्ने घटना देखिन थालेकाले निगरानी बढाइएको प्रहरीले जनाएको छ। रासस


प्रकाशित : सोमबार, चैत २६ २०८०१४:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend