सोमबार, वैशाख २९ गते २०८२    
सोमबार, वैशाख २९ २०८२
images
images

नुन पाउन पनि नागरिकता!

images
सोमबार, चैत २६ २०८०
images
नुन पाउन पनि नागरिकता!

आर्थिक वर्ष २०८०/८१ का लागि जिल्लामा एक हजार पाँच सय क्विन्टल नुन आइपुगेको छ।

images
images

सिमकोट- हुम्लाको सिमकोट, उत्तरी नाम्खा र खार्पुनाथ गाउँपालिकाका नागरिकले नागरिकता पेस गर्दा १० किलो नुन पाउँदै आएका छन्। सिमकोटस्थित साल्ट ट्रेडिङ कर्पाेरेशन शाखा कार्यालयले, उत्तरी नाम्खा र खार्पुनाथ गाउँपालिकाका नागरिकलाई १० किलोका दरले नुन वितरण गर्दै आएको हो।

images
images
images

उनीहरुलाई नागरिकताको आधारमा प्रतिव्यक्ति १० किलो नुन वितरण गर्दै आइएको साल्ट ट्रेडिङ कर्पाेरेशन शाखा कार्यालयका प्रमुख राजबहादुर लामाले बताए। उनका अनुसार एक जनाबाट ९० रूपैयाँ लिने गरिएको छ। 'यसरी प्रतिकिलो नौ रूपैयाँ पर्दछ। एक बोरामा पचास प्याकेट नुन हुन्छ। त्यसको मूल्य चारसय ५० रूपैयाँमा बिक्री हुँदै आएको छ', उनले भने।

images
images

प्रमुख लामाका अनुसार प्रत्येक साताको आइतबार शाखा कार्यालयको वितरण केन्द्रमा नागरिकता पेस गरेपछि नुन वितरण गरिन्छ। सदरमुकाम सिमकोटमा तीन पालिकासहित जिल्लाभरका नागरिक बसोबास गर्दै आएकाले वार्षिक कोटाले अपुग हुने देखिएपछि नागरिकताको आधारमा १० किलो वितरण गर्न थालिएको उनको भनाइ छ।

images
images

लामाका अनुसार आर्थिक वर्ष २०८०/८१ का लागि जिल्लामा एक हजार पाँच सय क्विन्टल नुन आइपुगेको छ। जिल्लामा आइपुगेको नुन सम्बन्धित पालिकाका जनप्रतिनिधिको जिम्मा दिएर वितरण गरिने उनले बताए। झन्डै १८ दिन बसेर दक्षिण भेगमा रहेका पालिकाका नागरिकलाई नुन वितरण गरिएको भन्दै चङ्खेली गाउँपालिकामा तीन सय ८७, सर्केगाडमा चार सय ८५, अदानचुलीमा चार सय ८५ र ताँजकोटमा चार सय क्विन्टल नुन वितरण जानकारी दिए।

जिल्लामा पछिल्लो समय ढिके नुनको प्रयोग हट्दै गएको लामाले बताए। चङ्खेली-५ को नेप्का र उत्तरी नाम्खा-६ को लिमिमा मात्रै ढिके नुनको प्रयोग हुँदै आएको उनले जानकारी दिए। जिल्लाका अन्य स्थानीय तहमा रहेका वडामा ढिके नुनको प्रयोगमा कमी हुँदै गएको साल्ट ट्रेडिङ कर्पाेरेशन शाखा कार्यालयले जनाएको छ। रासस


प्रकाशित : सोमबार, चैत २६ २०८०१४:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend