मंगलबार, वैशाख १८ गते २०८१    
images
images

के हो रेन्ज एक्सटेन्डेड ईभी, विकल्प बन्न सक्छ?

images
images
images
के हो रेन्ज एक्सटेन्डेड ईभी, विकल्प बन्न सक्छ?

नेपालमा धेरैजसो बाटोहरु उकालो, ओरालो तथा साँघुरा भएका कारण यात्राको अवधि लामो हुन्छ। यस्ता बाटोमा रेन्ज एक्टेन्डरका कारण रेन्जको तनाव नहुने भएकाले बिनातनाव यात्रा गर्न सकिन्छ। साथै रुटमा चार्जिङ स्टेसन नुहँदा पनि खासै फरक पर्दैन।

images
images

काठमाडौं- जीवास्म इन्धनबाट चल्ने सवारीको विकल्पमा विभिन्न अध्ययन तथा परीक्षणहरू भइ नै रहेका छन्। लिथियम आयनको परिमार्जन, सोलिड स्टेट ब्याट्री, हाइड्रोजन फ्युलसेललगायत प्रविधि प्रविधिमा काम भइरहेको छ।

images
images
images

यसका साथै अन्य थुप्रै विकल्पका बारेमा अनुसन्धान भइरहेका छन्। पछिल्लो पटक आएको अर्को प्रविधि हो रेन्ज एक्सटेन्डेड विद्युतीय सवारी (आरईईभी)। भलै यो केही वर्षअघि पनि ठूलो सवारी उत्पादकले परीक्षण गरेको प्रविधि हो। तर आमरुपमा प्रयोगमा आइसकेको थिएन वा फिजिवल छैन भन्ने देखिएको थियो।

images

अहिले पुन: ठूला सवारी उत्पादक तथा अनुसन्धाताहरूले आरईईभीका बारेमा अनुसन्धानलाई अघि बढाएका छन्। चीनलगायत देशमा यसबारेमा जोडतोडका साथ कुरा उठ्न थालेको छ।

images

आरईईभी त्यस्तो विद्युतीय कार हो जसलाई भइरहेकै इन्टरनल कम्बस्चन इन्जिनमा परिमार्जन गरिन्छ। यस्तो कारमा सानो ग्यासोलिन वा डिजेल इन्जिनसहित (अर्को पावरको स्रोत) विद्युतीय मोटर तथा ब्याट्री प्याक हुन्छ। यो इन्जिनले पोर्टेवल जेनेरेटरको रुपमा ब्याट्री रिचार्जका लागि काम गर्छ। ब्याट्री रिचार्ज भएपछि त्यसको सहायताले मोटर चलेर कार गुडाउन मद्दत गर्छ।

images
images

आरईईभीलाई हाइब्रिड कारकै रुपमा पनि व्याख्या गरिँदै आएको छ। तर यो रेगुलर हाइब्रिडभन्दा निकै फरक छ। यी हुन् आरईईभी र रेगुलर हाइब्रिडबीचका मुख्य भिन्नताहरू :

रेगुलर हाइब्रिड: यो हाइब्रिड इन्जिनले प्रत्यक्ष रुपमा ह्वीलमा पावर दिने वा विद्युतीय मोटरका लागि विद्युत उत्पादन गरिदिन्छ।

आरईईभी: आरईईभी इन्जिनले विद्युत उत्पादन गर्ने काममात्र गर्छ। यो प्रविधिमा हाइब्रिडमा जस्तो प्रत्यक्ष रुपमा ह्वीलमा पावर पठाउँदैन। आरईईभीमा परम्परागत ईभीका लागि केही लाभ मिल्ने देखिएको छ, विशेषगरी कुनै परिस्थितिमा। 

आरईईभीका मुख्य विशेषताहरू

रेन्ज एन्जाइटी कम गर्ने: आरईईभीको सबैभन्दा ठूलो स्ट्रेन्थ नै रेन्ज एन्जाइटी कम गर्ने हो। यो प्रविधिमा ब्याकअपका रुपमा इन्जिन हुन्छ जसले ब्याट्री रिचार्ज गर्छ। यसले आरईईभीको ड्राइभिङ रेन्ज बढाउन महत्वपूर्ण भूमिका खेल्छ। सीमित चार्जिङ पूर्वाधार भएको नेपालजस्ता देशका लागि यो प्रविधि निक्कै उपयोगी बन्न सक्छ। 

निक्कै सहज: आरईईभीले आईसी र हाइब्रिड दुवै मध्यमा उपयुक्त हुनेछ। यो प्रविधियुक्त विद्युतीय कार चालाउनेले वातावरणीय लाभ दिन सक्छ। जसले दैनिक रुपमा धेरै यात्रा गर्नेका लागि किफायती र उपयोगी छ। डिजेल वा ग्यासोलिन इन्जिन कार लिएर हिँड्नेका लागि आरईईभी प्रविधियुक्त कारमा लामो यात्रामा निस्कँदा चार्जिङ स्टेसनलगायतका बारेमा कुनै चिन्ता लिनु पर्दैन।

न्यून प्रदूषण: लामो यात्रामा पनि परम्परागत आईसी इन्जिनभन्दा कम प्रदूषण गर्छ भने छोटो यात्रामा आरईईभी प्रविधिले अझै कम प्रदूषण गर्छ।

आरईईभी नेपालका लागि उपयुक्त साबित हुने आधारहरू 

सीमित चार्जिङ पूर्वाधार: नेपालमा विद्युतीय सवारी चार्जिङ पूर्वाधार अहिले पनि विकासकै चरणमा छ। आरईईभीमा ब्याकअपका रुपमा ग्यासोलिन इन्जिन हुने भएकाले धेरै रेन्ज पाइन्छ। सोहीकारण यसले चार्जिङ पूर्वाधारको धेरै माग गर्दैन। नेपाललगायत देशका लागि यो एउटा उपयुक्त विकल्पका रुपमा आउन सक्छ। 

भौगोलिक अवस्था र लामो यात्रा: भौगोलिक अवस्थाका कारण नेपालमा धेरैजसो बाटो उकालो तथा ओरालो भएका छन्। साँघुरा सडक भएकाले यात्राको अवधि लामो हुन्छ। यो अवस्थाको बाटोमा रेन्ज एक्टेन्डरका कारण रेन्जको तनाव नहुने भएकाले बिनातनाव यात्रा गर्न सकिन्छ। साथै रुटमा चार्जिङ स्टेसन नुहँदा पनि खासै फरक पर्दैन।  

जलविद्युतको सम्भावना: नेपालमा जलविद्युतको राम्रो सम्भावना रहेको छ। आरईईभीलाईलाई हाइड्रो पावरबाट उत्पादित बिजुलीसँग जोड्न आयातित जीवाश्म इन्धनको प्रयोगसमेत घटाउँदै जान सकिन्छ। 

किन ठूला उत्पादकहरू रेन्ज एक्सटेन्डरतर्फ लम्किँदै छन्?

विगतमा परीक्षण गरेर आम प्रयोगमा आउन नसकेको रेन्ज एक्सटेन्डेड प्रविधि अहिले पुन: बहसमा आएको छ। विश्वका ठूला सवारी उत्पादकहरूले अब भने आरईईभीलाई वैकल्पिक कन्सेप्टका रुपमा लिन थालेका छन्।

यद्यपी केही उत्पादकहरूले आरईईभी प्रविधिको सानो स्कलेमा प्रयोग गरिरहेका छन्। तर अहिले धेरै सवारी उत्पादक तथा मुलुकहरूले धेरै रेन्ज दिने ब्याट्री प्याकको विकास र चार्जिङ पूर्वाधारसहित प्योर ईभीमा केन्द्रित भएका छन्। 

फाइदाहरू

- रेन्ज एन्जाइटी कम गराउँछ

- कम चार्जिङ पूर्वाधार भएको बाटोमा लामो यात्राका लागि धेरै प्रभावकारी हुन्छ।

- परम्परागत आईसी इन्जिन सवारीको तुलनामा धेरै नै कम प्रदूषण गर्छ। (मुख्यरुपमा विद्युतीय मोडमा चलाउँदा) 

बेफाइदाहरू

- तौल बढ्ने र केही जटिलताहरू थपिँदा समग्रमा सवारीको उपादेयतामा ह्रास आउन सक्छ। 

- प्योर ईभीको तुलनामा कम विद्युत खपत गर्छ र रेन्ज मात्र बढ्छ। 

- इन्जिन र अतिरिक्त जेनेरेट जडान गर्नुपर्ने भएकाले सवारीको सुरुवाती लागत नै धेरै हुन्छ।

समग्रमा आरईईभीले नेपालजस्ता देशहरूका लागि समाधानको उपाय दिन सक्छ। यद्यपी यो प्रविधि अहिले पनि अध्ययनकै क्रममा रहेको छ। यता प्योर ईभी भने निकै अघि बढिसकेको छ।

रेन्ज एन्जाइटी समाधानका लागि शक्तिशाली तर तुलनात्मक रुपमा कम मूल्यका ब्याट्री बनिरहेका छन् भने चार्जिङ पूर्वाधारमा पनि उल्लेख्य रुपमा काम भइरहेको छ संसारभर नै। प्योर ईभीले नै अबको केही दशक विश्व मोबिलिटीमा राम्रो योगदान गर्नेछ।

images

प्रकाशित : शनिबार, वैशाख १ २०८११२:०१

प्रतिक्रिया दिनुहोस