आइतबार, असार २२ गते २०८२    
आइतबार, असार २२ २०८२
images
images

जुम्लाका ९० हजार नागरिक स्वास्थ्य बीमामा आबद्ध

images
सोमबार, चैत २६ २०८०
images
images
जुम्लाका ९० हजार नागरिक स्वास्थ्य बीमामा आबद्ध

एक नगरपालिकासहित आठ वटा स्थानीय तह रहेको जुम्लामा ९० हजार चार सय ११ जना स्वास्थ्य बीमामा आबद्ध भएका छन्।

images
images

जुम्ला- पछिल्लो समयमा बीमाको महत्वबारे जानकार भएपछि जुम्लाका नागरिक स्वास्थ्य बीमाप्रति आकर्षित हुन थालेका छन्। एक नगरपालिकासहित आठ वटा स्थानीय तह रहेको जुम्लामा ९० हजार चार सय ११ जना स्वास्थ्य बीमामा आबद्ध भएका छन्।

images
images

हालसम्म पैँतालिस हजार सात सय २४ महिला र ४४ हजार छ सय ८७ जना पुरुष स्वास्थ्य बीमामा आबद्ध भएका जिल्लास्थित स्वास्थ्य बीमा कार्यालयका प्रमुख प्रेम भण्डारीले जानकारी दिए। उनले भने, 'जिल्लाका ११ हजार छ सय ४८ घरपरिवार बीमामा आबद्ध छन्।' विसं २०७४ देखि जिल्लामा स्वास्थ्य बीमाको सेवा विस्तार भएको उनको भनाइ छ।

images
images

स्वास्थ्य बीमाका बारेमा पहिला यहाँका स्थानीयलाई पूर्णरुपमा जानकारी नहुँदा यसको महत्वबारे बुझेका थिएनन्। अहिले बीमा सहजकर्ता घरघरमा गएर बीमाको कामबारे जानकारी दिएपछि यहाँ स्वास्थ्य बीमामा आबद्ध हुने स्थानीयको सङ्ख्या बढेको कार्यालय प्रमुख भण्डारीले बताए।

images
images
images

जिल्लाका सबै नागरिकलाई स्वास्थ्य बीमाको पहुँचमा पुर्‍याउनका लागि कार्यालयले स्थानीय तहसँग समन्वय गरेर काम गरिरहेको उनको भनाइ छ। सरकारले अपांगता भएका, अशक्त, कुष्ठरोगी, एचआइभी सङ्क्रमित, ज्येष्ठ नागरिक र अतिगरिब घरपरिवारलाई निःशुल्क बीमा गर्ने व्यवस्था गरेको छ।

अन्यको हकमा शुल्क लिएर एक लाख रूपैयाँ बराबरको स्वास्थ्य बीमा गर्ने गरिएको कार्यालयले जनाएको छ। बीमाको जथाभावी प्रयोगले अहिले स्वास्थ्य बीमा बोर्डको केन्द्रीय कार्यालयले सह भुक्तानीको व्यवस्थासमेत गरेको छ। सरकारले विसं २०७२ देखि स्वास्थ्य बीमा कार्यक्रम लागु गरेको हो। रासस


प्रकाशित : सोमबार, चैत २६ २०८०१२:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend